स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटना हुँदा १३ जनाको मृत्यु

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–१४ पञ्चमूलमा शुक्रबार जीप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएका सबैलाई थप उपचारका लागि पोखरा पठाइएको छ ।
स्याङजा प्रहरीका अनुसार ग २ च ३०२६ नम्बरको डबल क्याप पिकअप भ्यान सडकबाट डेढसय मिटर तल खसेर दुर्घटना भएको हो । स्थानीय तहको निर्वाचनमा मत हाल्न शिघ्रेदेखि वालिङतर्फ आउने क्रममा जीप सडकबाट खसेको थियो ।
काठमाडौं । स्थानीय तह निर्वाचनको मत परिणाम धमाधम सार्वजनिक भइरहेको छ । मंगलबार बिहान ६ बजेसम्ममा २३५ पालिकाको नतिजा आएको निर्वाचन आयोगले जनाएको छ । अहिलेसम्म निर्विरोध निर्वाचितसमेत गरी नेपाली कांग्रेसले १०८, नेकपा एमालेले ६३, नेकपा माओवादी केन्द्रले ५१, नेकपा एकीकृत समाजवादीले ४ र जनता समाजवादी पार्टीले २ स्थानमा जितेका छन् ।
काठमाडौं । गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको अन्तिम परिणाम आउने क्रम जारी छ । सोमबार बेलुकी साढे सात बजेसम्म १ सय ७९ स्थानीय तहको अन्तिम परिणाम आएको छ ।