मतसंकेत गरेको सार्वजनिक गरेको भन्दै बाबुरामलाई आयोगले साेध्याे स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले जसपा संघीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई स्पष्टीकरण सोधेको छ । आज भट्टराईले मतसंकेत गरेको सार्वजनिक गरेको भन्दै स्पष्टीकरण सोधिएको हो । उनलाई २४ घण्टाभित्र जवाफ पेस गर्न भनिएको छ । उनलाई आयोगले ‘देशको पूर्वप्रधानमन्त्री र जिम्मेवार दलको नेताले मतसंकेत गर्ने गोप्य कक्षमा के कसरी कुनै अर्को फोटो खिच्ने व्यक्ति साथ लगेको ?’ भन्दै प्रश्न गरेको छ ।
'उल्लेखित सन्दर्भमा यहाँलाई मतदान गर्ने क्रममा मतसंकेत गर्ने ठाउँमा कोही अर्को व्यक्तिलाई साथ लान हँुदैन भन्ने जानकारी थियो/थिएन ? यहाँ देशको पूर्वप्रधानमन्त्री र जिम्मेवार दलको नेताले मतसंकेत गर्ने गोप्य कक्षमा के कसरी कुनै अर्को फोटो खिच्ने व्यक्ति साथ लानुभएको हो ?,' आयोगको स्पष्टीकरणपत्रमा सोधिएको छ, 'यहाँले मोबाइल वा क्यामेरा के कसरी गोप्य कक्षमा लानुभयो ? मतसंकेत गर्ने गोप्य कक्षमा फोटो खिच्ने कुनै सामग्री लान नहुने र मतसंकेत गरेको मतपत्रको फोटो खिच्न नहुने कानुनी व्यवस्थाको अवज्ञा गर्दै के कति कारणले निसिद्ध स्थानमा लान नमिल्ने सामग्रीमार्फत फोटो लिन लगाई सो फोटो सार्वजनिक गर्नुभएको हो ? यहाँले गर्नुभएको कसुरको लागि यहाँलाई निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा ९ को उपदफा (२) बमोजिम किन कारबाही गर्नु नपर्ने हो ?'
निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा ९ मा मतपत्रमा मतसंकेत गरिसकेपछि त्यस्तो मतपत्र कसैलाई देखाउन, प्रदर्शन गर्न, गोप्य मतसंकेतस्थलमा मतसंकेत नगरी त्यसभन्दा बाहिर गई मतसंकेत गर्न वा मतसंकेत गरेको व्यहोरा कुनै प्रकारले सार्वजनिक गर्न नहुने व्यवस्था छ ।
उक्त एनेको दफाको उपदफा (२) मा उपदफा (१) विपरीतको कार्य गर्ने व्यक्तिलाई मतदान अधिकृतले १५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था रहेको स्पष्टीरकणपत्रमा उल्लेख छ ।
काठमाडौं । स्थानीय तह निर्वाचनको मत परिणाम धमाधम सार्वजनिक भइरहेको छ । मंगलबार बिहान ६ बजेसम्ममा २३५ पालिकाको नतिजा आएको निर्वाचन आयोगले जनाएको छ । अहिलेसम्म निर्विरोध निर्वाचितसमेत गरी नेपाली कांग्रेसले १०८, नेकपा एमालेले ६३, नेकपा माओवादी केन्द्रले ५१, नेकपा एकीकृत समाजवादीले ४ र जनता समाजवादी पार्टीले २ स्थानमा जितेका छन् ।
काठमाडौं । गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको अन्तिम परिणाम आउने क्रम जारी छ । सोमबार बेलुकी साढे सात बजेसम्म १ सय ७९ स्थानीय तहको अन्तिम परिणाम आएको छ ।