Namaste Icon
Ad

यूएईका राष्ट्रपति शेख खालिफाको निधन

यूएईका राष्ट्रपति शेख खालिफाको निधन

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) का राष्ट्रपति शेख खालिफा विन जइद अल नह्यानको निधन भएको छ। ७३ वर्षिय खालिफाको शुक्रबार निधन भएको युएईको राष्ट्रपति कार्यालयले जनाएको छ।

राष्ट्रपतिको निधनमा शुक्रबारदेखि ४० दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाएर शोक मनाइने भएको छ ।‍ यूएईका सबै सरकारी अड्डा तथा निजी क्षेत्रले तिन दिन कामकाज बन्द गर्नेछन् ।

पछिल्लो १८ वर्षदेखि युएईको नेतृत्व गरिरहेका राष्ट्रपति शेख खलीफा चौथो पटक सन् २०१९ मा राष्ट्रपतिमा निर्वाचित भएका थिए । शेख खलीफाले सन् २००४ नोभेम्बर ३ मा पहिलो पटक संयुक्त अरब इमिरेट्सको राष्ट्रपति तथा अबुधाबीका शासकको रूपमा जिम्मेदारी सम्हालेका थिए । (एजेन्सी)

सम्बन्धित समाचारहरु

भारतकाे एक भवनमा आगलागी हुँदा २० जनाको मृत्यु, ४० व्यक्ति घाइते

नयाँ दिल्ली । भारतको नयाँ दिल्लीस्थित एक भवनमा भएको आगलागीमा परी कम्तीमा २० जनाको ज्यान गएको छ । भारतीय राजधानी नयाँ दिल्लीको मुन्डका मेट्रो स्टेसनमा रहेको एक भवनमा शुक्रबार राति आगो लागेको हो ।

रिपोर्टिङ गरिरहेकै समयमा इजरायली सेनाको आक्रमणबाट पत्रकारको मृत्यु

काठमाडौं । अलजजिराकी वरिष्ठ पत्रकार शिरिन अबु अकलेहलाई इजरायली फौजको कब्जामा रहेको वेस्ट बैंकमा गोली हानी हत्या गरिएको छ । अलजजिराका अनुसार ५१ वर्षीया पत्रकार अकलेह त्यहाँ रहेको जेनिन शरणार्थी शिविरमा इजरायली सेनाको आक्रमणबारे समाचार संकलनको क्रममा थिइन् ।

प्रतिक्रिया दिनुहोस