पक्राउ परेका सर्लाहीका मतदान अधिकृत बर्खास्त

जनकपुर । सर्लाहीको बलरा नगरपालिका वडा नम्बर ३ स्थित मतदान केन्द्रमा खटिएका मतदान अधिकृत राजकिशोर साहलाई बर्खास्त गरिएको छ । मत दुरूपयोग गरेको आरोपमा पक्राउ परेका उनलाई बर्खास्त गरिएको बलराका निर्वाचन अधिकृत रंजित यादवले जानकारी दिए।
साहले मतदातालाई चुनाव चिन्ह नै देखाएर मतदान गर्न सिकाएपछि विवाद हुँदा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । विवादका कारण मतदान अवरूद्ध भएको थियो ।
सर्वदलीय बैठकमा साहलाई बर्खास्त गरी सहायक मतदान अधिकृतलाई जिम्मेवारी तोकेर मतदान गराउन सहमति भएको थियो । बैठकमा भएको सहमति अनुसार सहायक मतदान अधिकृत राम प्रवेश साहलाई कामु मतदान अधिकृतको जिम्मेवारी दिएर मतदान सुरू गराइएको निर्वाचन अधिकृत यादवले बताए ।
काठमाडौं । स्थानीय तह निर्वाचनको मत परिणाम धमाधम सार्वजनिक भइरहेको छ । मंगलबार बिहान ६ बजेसम्ममा २३५ पालिकाको नतिजा आएको निर्वाचन आयोगले जनाएको छ । अहिलेसम्म निर्विरोध निर्वाचितसमेत गरी नेपाली कांग्रेसले १०८, नेकपा एमालेले ६३, नेकपा माओवादी केन्द्रले ५१, नेकपा एकीकृत समाजवादीले ४ र जनता समाजवादी पार्टीले २ स्थानमा जितेका छन् ।
काठमाडौं । गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको अन्तिम परिणाम आउने क्रम जारी छ । सोमबार बेलुकी साढे सात बजेसम्म १ सय ७९ स्थानीय तहको अन्तिम परिणाम आएको छ ।