Namaste Icon
Ad

गोरखामा गोली चल्याे, निर्वाचनमा खटिएकी एक कर्मचारी घाइते

गोरखामा गोली चल्याे, निर्वाचनमा खटिएकी  एक कर्मचारी घाइते

गोरखा । स्थानीय तह निर्वाचनअन्तर्गत गोरखाको भीमसेन थापा गाउँपालिका– २ स्थित ताराखसे मतदान केन्द्रअन्तर्गत सिद्धकाली माविमा गोली लागेर एक कर्मचारी घाइते भएकी छन् । मतदानका क्रममा कांग्रेस, माओवादी र एमालेका कार्यकर्ताबीचको विवाद भएको थियो । विवादले उग्र रूप लिँदा स्थिति तनावग्रस्त बनेका बेला अज्ञात व्यक्तिले चलाएको गोली लागेर निर्वाचनमा खटिएकी कर्मचारी घाइते भएकी हुन् । निर्वाचन अधिकृत खिमानन्द गौतमले अज्ञात व्यक्तिले गोली चलाएको र अनुसन्धान भइरहेको बताए । ५५ प्रतिशत मत खसिसकेको अवस्थामा स्थिति तनावग्रस्त बनेको गौतमको भनाइ छ । करिब साढे चार बजेदेखि यहाँ विवाद सिर्जना भएको हो ।

घटनास्थलमै भएका स्थानीय सुनिल लामिछानेले गोली लागेर मतदान केन्द्रमा खटिएकी स्वयंसेविका मनीषा थापा घाइते भएकी बताए । २२ वर्षीया थापाको घुँडामुनि पिँडुलामा गोली लागेको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिए । ‘घाइतेको उपचारका लागि हेलिकोप्टर मगाएर काठमाडौं लैजाने तयारी भइरहेको छ, हेलिकोप्टर मगाइसकेका छौँ’, आचार्यले भने ।

सम्बन्धित समाचारहरु

हेटौँडामा एकीकृत समाजवादीकी लामाको अग्रता कायमै

हेटौँडामा एकीकृत समाजवादीकी लामाको अग्रता कायमै

हेटौँडा । उपमहानगरपालिकाको मेयर पदमा गठवन्धनको तर्फबाट एकीकृत समाजवादीकी उम्मेद्वार मीना लामाको अग्रता कायम रहेको छ। हालसम्म गणना भएको १८५७० मतमा लामाले ५ हजार ८ सय ५० मत ल्याउँदै अग्रता कायम गरेकी हुन्।

सल्यानको कपुरकोटमा एकीकृत समाजवादी विजयी

सल्यानको कपुरकोटमा एकीकृत समाजवादी विजयी

सल्यान । सल्यानको कपुरकोट गाउँपालिका अध्यक्षमा एकीकृत समाजवादीका दुर्गाबहादुर पुन विजयी भएका छन् । गठबन्धनको तर्फबाट अध्यक्षको उम्मेदवार बनेका पुनले २२४ मतले एमालेका भिमबहादुर सेनलाईपछि पार्दै विजयी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस