स्थानीय तह निर्वाचन : ४४ मतदान केन्द्रको मतदान स्थगित

काठमाडौं । स्थानीय तहको निर्वाचन अन्तर्गत विभिन्न १७ वटा स्थानीय तहका ४४ मतदान केन्द्रमा मतदान स्थगित भएको छ । राजनीतिक दलका बीचमा विवाद र वर्षाका कारण समेत गरी देशभरका १७ स्थानीय तहका २८ मतदान स्थलका ४४ वटा मतदान केन्द्रमा मतदान सम्पन्न हुन नसकेको आयाेगले जनाएकाे छ ।
‘कतिपय ठाउँमा अप्रिय घटनासमेत भए, आज हामीले सबै ठाउँमा एकैचरणमा मतदान सम्पन्न हुने अपेक्षा गरेका थियौँ,’ प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने, ‘तर, दलहरूको बीचमा उत्पन्न विवादले उग्र रुप लिएको र वर्षाका कारण समेत गरी देशभर ४४ वटा स्थानीय तहमा मतदान सम्पन्न हुन सकेन ।’
उनले कतिपय ठाउँमा वर्षाका कारणले समेत सबै मतदाताले सहभागी हुन नसकेको अवस्थालाई ध्यानमा राख्दै ती स्थानहरुमा मतदान अधिकृतले मतदान स्थगन गरेको जानकारी दिए ।
काठमाडौं । गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको अन्तिम परिणाम आउने क्रम जारी छ । सोमबार बेलुकी साढे सात बजेसम्म १ सय ७९ स्थानीय तहको अन्तिम परिणाम आएको छ ।
काठमाडौं । देशभरका स्थानीय निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । हालसम्म देशभरका १ सय १७ स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भएको छ । जसमध्ये ४५ स्थानीय तहको नेतृत्व जित्दै नेपाली कांग्रेसले अग्रता लिएको छ । ४४ स्थानीय तहको नेतृत्व जितेको नेकपा एमाले दोस्रो स्थानमा रहँदा नेकपा माओवादी केन्द्रले २४ स्थानीय तहमा विजयी हासिल गरेको छ । सोमबार बिहान १२ बजेसम्मको तथ्यांकअनुसार नेकपा एकीकृत समाजवादीले २ र स्वतन्त्र उम्मेदवारले २ स्थानीय तहमा नेतृत्व जित्न सफल भएको छ ।