१८ सञ्चार माध्यम कारवाहीमा

काठमाडौं । प्रेस काउन्सिल नेपालले मतदानको दिन निर्वाचन आचारसंहिता विपरितका सामग्री सम्प्रेषण गर्ने १८ सञ्चार माध्यमलाई कारबाही गरेको छ । निर्वाचन आचारसंहिताविपरित सामग्री सम्प्रेषण गर्ने १७ अनलाइन र एउटा टेलिभिजनलाई ती सामग्री तत्काल हटाइ क्षमाचायना गर्न समेत काउन्सिलले निर्देशन दिएको छ ।
कारबाहीमा परेकामध्ये ८ वटा सञ्चार माध्यमले तत्काल सामग्री हटाएको प्रेस काउन्सिल नेपालका उपप्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराले जानकारी दिए । सञ्चार माध्यमले भुलसुधार गरी क्षमायाचनासहित सम्प्रेषित सामग्री हटाउनु र गल्ति स्वीकार्ने तत्परता देखाउनु सकारात्मक भएको बोहराले जनाए ।
काउन्सिलले निर्वाचनको मौन अवधिभर ६५ सञ्चार माध्यमलाई कारबाही गरेको छ । यस्तै यो अवधिमा दर्ता÷सूचीकरण नभएका १८ बेव पोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने गरी कारबाही भएको छ ।
काठमाडौं । स्थानीय तह निर्वाचनको मत परिणाम धमाधम सार्वजनिक भइरहेको छ । मंगलबार बिहान ६ बजेसम्ममा २३५ पालिकाको नतिजा आएको निर्वाचन आयोगले जनाएको छ । अहिलेसम्म निर्विरोध निर्वाचितसमेत गरी नेपाली कांग्रेसले १०८, नेकपा एमालेले ६३, नेकपा माओवादी केन्द्रले ५१, नेकपा एकीकृत समाजवादीले ४ र जनता समाजवादी पार्टीले २ स्थानमा जितेका छन् ।
काठमाडौं । गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको अन्तिम परिणाम आउने क्रम जारी छ । सोमबार बेलुकी साढे सात बजेसम्म १ सय ७९ स्थानीय तहको अन्तिम परिणाम आएको छ ।