Namaste Icon
Ad

कञ्चनपुरमा कांग्रेसको विजयी शुरुआत

कञ्चनपुरमा कांग्रेसको विजयी शुरुआत

कञ्चनपुर । कञ्चनपुरमा नेपाली कांग्रेसले विजयी शुरुआत गरेको छ । लालझाडी गाउँपालिका वडा नम्बर ६ मा वडाध्यक्षका उम्मेदवार हर्कनारायण जोशीको प्यानलै निर्वाचित भएको हो ।

निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार जोशीले आफ्ना निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका फुलराम चौधरीलाई ११५ मतअन्तरले हराउँदै वडाध्यक्षमा निर्वाचित भएका हुन् । जोशीले ४६४, चौधरीले ३४९ र एमालेका उम्मेदवार जितबहादुर चौधरीले २६६ मत ल्याएका छन् ।

सम्बन्धित समाचारहरु

हेटौँडामा एकीकृत समाजवादीकी लामाको अग्रता कायमै

हेटौँडामा एकीकृत समाजवादीकी लामाको अग्रता कायमै

हेटौँडा । उपमहानगरपालिकाको मेयर पदमा गठवन्धनको तर्फबाट एकीकृत समाजवादीकी उम्मेद्वार मीना लामाको अग्रता कायम रहेको छ। हालसम्म गणना भएको १८५७० मतमा लामाले ५ हजार ८ सय ५० मत ल्याउँदै अग्रता कायम गरेकी हुन्।

सल्यानको कपुरकोटमा एकीकृत समाजवादी विजयी

सल्यानको कपुरकोटमा एकीकृत समाजवादी विजयी

सल्यान । सल्यानको कपुरकोट गाउँपालिका अध्यक्षमा एकीकृत समाजवादीका दुर्गाबहादुर पुन विजयी भएका छन् । गठबन्धनको तर्फबाट अध्यक्षको उम्मेदवार बनेका पुनले २२४ मतले एमालेका भिमबहादुर सेनलाईपछि पार्दै विजयी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस