बझाङको खप्तडछान्ना १ मा समाजवादीको प्यानल नै विजयी

बझाङ । बझाङको खप्तडछान्ना गाउँपालिका–१ मा एकीकृत समाजवादीको प्यानल नै विजयी भएको छ । एकीकृत समाजवादीका देविभक्त जोशी ४४० मत ल्याएर वडा अध्यक्ष निर्वाचित भएका हुन् ।
जोशीका प्रतिद्वन्दी एमालेका सुरेश खत्रीले २३८ मत मात्रै ल्याएका छन् । ४ जना वडा सदस्य पनि सबै गठबन्धनकै निर्वाचित भएका छन् ।
उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिकाको अध्यक्षमा नेकपा एकीकृत समाजवादीका मानबहादुर क्याप्छाकी मगर निर्वाचित भएका छन् । सत्तागठबन्धनका उम्मदेवार उनले ४९४२ मत ल्याएर जितेका हुन् । उनका प्रतिष्पर्धी एमालेका गोपालबहादुर खत्रीले ४११४ मत ल्याएका छन् ।
बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाको मेयरमा कांग्रेस उमेदवार खेलराज पाण्डेले मतान्तर बढाएका छन् । बुटवलमा १५ हजार बढी मत गणना हुँदा मेयर पदमा एमालेका बाबुराम भट्टराई भन्दा २७ सय बढी मतअन्तरले अग्रता कायम गरेका छन् ।