Namaste Icon
Ad

सुर्खेतमा मोटरसाइकल दुर्घटनामा परेर सहायक मतदान अधिकृतको मृत्यु

सुर्खेतमा मोटरसाइकल दुर्घटनामा परेर सहायक मतदान अधिकृतको मृत्यु

सुर्खेत । स्थानीय तहको निर्वाचनमा वीरेन्द्रनगर नगरपालिकामा खटिएका सहायक मतदान अधिकृतको दुर्घटनामा परेर मृत्यु भएको छ । वीरेन्द्रनगर-३ मा रहेको हरि डिलभूमि माध्यमिक विद्यालयको मतदान केन्द्रमा खटिएका ४० वर्षीय हृदयराम ढकालको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डीएसपी रामप्रसाद घर्तीका अनुसार उनको शुक्रबार राति वीरेन्द्रनगर-८ मा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो ।

कर्णाली प्रदेश ०२-००१ ब ००११ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । वीरेन्द्रनगर नगरपालिकामा कार्यरत ढकालको शव पोष्टमार्टका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ लगिएको छ ।

सम्बन्धित समाचारहरु

२३५ स्थानीय तहमध्ये कसले कति जिते ?

२३५ स्थानीय तहमध्ये कसले कति जिते ?

काठमाडौं । स्थानीय तह निर्वाचनको मत परिणाम धमाधम सार्वजनिक भइरहेको छ । मंगलबार बिहान ६ बजेसम्ममा २३५ पालिकाको नतिजा आएको निर्वाचन आयोगले जनाएको छ । अहिलेसम्म निर्विरोध निर्वाचितसमेत गरी नेपाली कांग्रेसले १०८, नेकपा एमालेले ६३, नेकपा माओवादी केन्द्रले ५१, नेकपा एकीकृत समाजवादीले ४ र जनता समाजवादी पार्टीले २ स्थानमा जितेका छन् ।

यस्ताे छ, १७९ स्थानीय तहको मत परिणाम (सूचीसहित)

यस्ताे छ, १७९ स्थानीय तहको मत परिणाम (सूचीसहित)

काठमाडौं । गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको अन्तिम परिणाम आउने क्रम जारी छ । सोमबार बेलुकी साढे सात बजेसम्म १ सय ७९ स्थानीय तहको अन्तिम परिणाम आएको छ ।

प्रतिक्रिया दिनुहोस