Namaste Icon
Ad

देउवाको गृहपालिका गन्यापधुरा-४ मा कांग्रेसको प्यानलै विजयी

देउवाको गृहपालिका गन्यापधुरा-४ मा कांग्रेसको प्यानलै विजयी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहपालिका डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर ४ मा कांग्रेसको प्यानल नै विजयी भएको छ । त्यहाँ वडाध्यक्षसहित पाँच जनाले कांग्रेसबाट जित निकालेका हुन् । कांग्रेसका विजयी वडाध्यक्ष ६१४ मत ल्याएका छन् । कुल खसेको १,०२९ मतमा एमालेका उम्मेदवारले १८४ मत ल्याउँदा माओवादी केन्द्रका उम्मेदवारले १४९ मत ल्याए ।

सम्बन्धित समाचारहरु

हेटौँडामा एकीकृत समाजवादीकी लामाको अग्रता कायमै

हेटौँडामा एकीकृत समाजवादीकी लामाको अग्रता कायमै

हेटौँडा । उपमहानगरपालिकाको मेयर पदमा गठवन्धनको तर्फबाट एकीकृत समाजवादीकी उम्मेद्वार मीना लामाको अग्रता कायम रहेको छ। हालसम्म गणना भएको १८५७० मतमा लामाले ५ हजार ८ सय ५० मत ल्याउँदै अग्रता कायम गरेकी हुन्।

सल्यानको कपुरकोटमा एकीकृत समाजवादी विजयी

सल्यानको कपुरकोटमा एकीकृत समाजवादी विजयी

सल्यान । सल्यानको कपुरकोट गाउँपालिका अध्यक्षमा एकीकृत समाजवादीका दुर्गाबहादुर पुन विजयी भएका छन् । गठबन्धनको तर्फबाट अध्यक्षको उम्मेदवार बनेका पुनले २२४ मतले एमालेका भिमबहादुर सेनलाईपछि पार्दै विजयी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस