Namaste Icon
Ad

दार्चुलाको अपि हिमालका २ वडामा कांग्रेस र माओवादी उम्मेदवार निर्वाचित

दार्चुलाको अपि हिमालका २ वडामा कांग्रेस र माओवादी उम्मेदवार निर्वाचित

दार्चुला । दार्चुलाको अपि हिमाल गाउँपालिकाको दुई वटा वडाको मतगणना सकिँदा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् । वडा नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार पोखरसिंह लोथ्याल १८३ मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भरतसिंह धामीले १५६ मत ल्याए । यो वडामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले तालमेल गरेका थिए ।

यस्तै वडा नम्बर ६ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार धर्मसिंह धामी ३४७ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गामसिंह धामीले २४८ मत ल्याए । गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका भगतसिह ठेकरे बोहराले ५८५ मतसहित अग्रता लिएका छन् ।

एमालेका धर्मानन्द मन्यालले ३४४ मत ल्याएका छन् । यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका देवकी ठेकरे ३४३ मतसहित अग्रता लिएकी छन् भने एमालेका उर्मिला बोहराले २३७ मत पाएकी छन् । अपिहिमालका ६ वटा वडामा कुल ३ हजार ८ सय ६५ मत खसेको थियो ।

सम्बन्धित समाचारहरु

हेटौँडामा एकीकृत समाजवादीकी लामाको अग्रता कायमै

हेटौँडामा एकीकृत समाजवादीकी लामाको अग्रता कायमै

हेटौँडा । उपमहानगरपालिकाको मेयर पदमा गठवन्धनको तर्फबाट एकीकृत समाजवादीकी उम्मेद्वार मीना लामाको अग्रता कायम रहेको छ। हालसम्म गणना भएको १८५७० मतमा लामाले ५ हजार ८ सय ५० मत ल्याउँदै अग्रता कायम गरेकी हुन्।

सल्यानको कपुरकोटमा एकीकृत समाजवादी विजयी

सल्यानको कपुरकोटमा एकीकृत समाजवादी विजयी

सल्यान । सल्यानको कपुरकोट गाउँपालिका अध्यक्षमा एकीकृत समाजवादीका दुर्गाबहादुर पुन विजयी भएका छन् । गठबन्धनको तर्फबाट अध्यक्षको उम्मेदवार बनेका पुनले २२४ मतले एमालेका भिमबहादुर सेनलाईपछि पार्दै विजयी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस