Namaste Icon
Ad

बुटवल उपमहानगरमा ९०० मत गणना हुँदा एमाले तेस्रोमा

बुटवल उपमहानगरमा ९०० मत गणना हुँदा एमाले तेस्रोमा

बुटवल । बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसले आफ्नो अग्रता कायमै राखेको छ । कुल ९०० मत गणना हुँदा कांग्रेसबाट मेयरका उम्मेदवार खेलराज पाण्डेले ४२२ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका मृगेन्द्र शेरचनले २१५ मत ल्याएका छन् ।

त्यसैगरी तेस्रोमा एमालेका बाबुराम भट्टराईले १६९ मत प्राप्त गरेका छन् । अहिले वडा नम्बर १ को मतगणना चलिरहेको छ । यो वडा एमालेको कमजोर र काँग्रेसको बलियो मानिएको वडा हो ।

सम्बन्धित समाचारहरु

काठमाडौं पछिल्लो अपडेट : स्थापितभन्दा बालेन शाह ४५०१ मतले अगाडी

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन शाहले अग्रता कायम राखेका छन् । पछिल्लो अपडेट अनुसार बालेन शाहले ९६०५ मत ल्याएर अग्रता बनाइरहेका छन् ।

पोखरामा १२,०९७ मत गणना हुँदा कसकाे कति ?

पोखरामा १२,०९७ मत गणना हुँदा कसकाे कति ?

पोखरा । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता बढाएका छन् । जारी मतगणनामा १२०९७ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले ४८५८ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस