मावि शिक्षकको लिखित परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं । शिक्षक सेवा आयोगले माध्यामिक तह, प्रथम श्रेणी शिक्षक पदको आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले २०७८ चैत २१ गते परीक्षा सञ्चालन गरेको थियो ।
आयोगले जारी गरेको सूचना अनुसार पाँचथर, झापा, तेह्रथुम, धनकुटा, मोरङ, सुनसरी, धनुषा, रौतहट, बारा, पर्सा, काभ्रे, भक्तपुर, काठमाडौं, ललितपुर र चितवनका ४७ जनाको अन्तर्वार्ता असार २१ गते बिहान ८ बजे हुने छ ।
यसैगरी लमजुङ, कास्की, बाग्लुङ, पर्वत, पाल्पा, गुल्मी, रोल्पा, दाङ, सल्यान, जाजरकोट, दैलेख, सुर्खेत, बझाङ, कैलाली, दार्चुला र डडेलधुराका ४७ जनाको अन्तर्वार्ता असार २१ गते दिउँसो १ बजे हुने छ । अन्तर्वार्ता परीक्षा शिक्षा सेवा आयोगको कार्यालय सानोठिमी भक्तपुरमा हुने सूचनामा उल्लेख छ ।
हेर्नुहोस् सूचना
काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा हैजाका बिरामी देखिएका छन् । योसँगै हैजाका बिरामीको संख्या १२ पुगेको छ । नैकाप र पाटनमा थप एक/एक जना हैजाका बिरामी भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाअनुसार यसअघि बागबजार, डिल्लीबजार, कपन, सानेपा, बालाजु, बल्खु र थानकोटमा हैजा पुष्टि भएको थियो । जनस्वास्थ्यविद्ले संक्रमणको स्रोत पत्ता नलाग्नु वा धेरै स्थानमा हैजाका बिरामी देखापर्नु हैजा महामारीकै रूपमा फैलनसक्ने पूर्वसंकेत भएको चेतावनी दिएका छन् ।
वुटवल । नेपाल भौतिक विज्ञान समाज लुम्बिनी प्रदेशको दोस्रो अधिवेशन तथा साधारण सभा सम्पन्न भएको छ । अधिवेशनले भौतिक शास्त्री प्रा.डा. अनन्त पन्थीको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको छ । जसको उपाध्यक्षमा मा डा.वेदराज केसी,सचिवमा लक्ष्मीनाथ भट्टराई, सह-सचिवमा चुडामणी रजौरे, कोषाध्यक्षमा शालिकराम भण्डारी र सदस्यहरू मा क्रमशः सन्तोष कुमार केसी, अनिष चौधरी, धर्मबन्धु पौडेल,नरेश आचार्य, शान्ता शर्मा र शिशिर अधिकारी रहेका छन् ।