# भर्खरै
Namaste Icon
Ad

कसैले दबाब दिंदैमा युट्युवबाट गीत हटाइहाल्नु पर्छ भन्ने हुँदैन् : गायक प्रशान्त मिष्ट

कसैले दबाब दिंदैमा युट्युवबाट गीत  हटाइहाल्नु पर्छ भन्ने हुँदैन् :  गायक प्रशान्त मिष्ट

काडमाडौं । गायक, सजर्क तथा म्युजिक भिडियो निर्देशक प्रशान्त मिष्टले केहि समय अगाडि सार्वजनिक गरेको गीत हिमाल, पहाड, तराई मा समावेश शब्द कसैप्रति लक्षित नभएको स्पष्ट पारेका छन् । गीतको र्याप भर्सनमा समावेश केहि शब्द आपत्तिजनक भएको भन्दै विभिन्न राजनीतिक व्यक्तिहरुबाट हटाउन दबाब आएको भन्दै गायक मिस्टले गीतमा कसैप्रति आक्षेप लगाउने खालको शब्द नभई देशमा घटेका तथा भइरहेका घटनामा आधरित शब्द भएको स्पष्ट पारेका हुन् ।

उनले भने, 'म तथा म जस्ता आम नेपालीले भोगेका समस्याहरु गीत मार्फत उठान गरेको हुँ । कसैले दबाब दिंदैमा गीत युट्युबबाट हटाइहाल्नु पर्ने भन्ने हुँदैन ।' 'हिमाल, पहाड, तराई' गीतलाई उनले केहि दिन अगाडि ओएसआर युट्युब च्यानल मार्फत सार्वजनिक गरेका थिए ।

'हिमाल, पहाड, तराई’ मा गायक प्रशान्त मिस्टको स्वर तथा शब्द रहेको छ । गीतमा संगित आकाश केम र दिपेश सिंहको रहेको छ । त्यसैगरी विजय बज्राचार्यले छायांकन गरेका छन्, भने भिडियो सम्पादन र निर्देशन मिस्ट स्वयमले गरेका हुन् ।

गीतको भिडियोमा नलिना चित्रकार र दिपेश सिंहलाइ देख्न सकिन्छ । नलिना र दिपेशले गायनमा पनि साथ दिएका छन् । नेपालभित्र रहेका हिमाल, पहाड र तराईमा भएका विविध कुराहरुलाई समावेश गरेर उत्कृष्ट शैलीमा गीतमा प्रस्तुत गरिएको छ ।

सन २००४ देखि नेपाली गीत संगितको क्षेत्रमा सक्रिय मिस्टले यसअघि थुप्रै गीत सार्वजनिक गरिसकेका छन् ।

 

यस्ताे छ, गीतकाे भिडियाे

 

 

 

सम्बन्धित समाचारहरु

काठमाडौं । आफ्नै नाम, शान र पहिचान सहित सम्पन्न भएको‘पाँचौ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड’को पाँचौ संस्करण २०२२ को समापन तथा विभिन्न कारणले अवार्ड कार्यक्रममा उपस्थित हुन नसकी अवार्ड लिन नसकेका चलचित्रकर्मीहरुलाई अवार्ड वितरण कार्यक्रम काठमाडौंमा भव्यताको साथ सम्पन्न भएको थियाे । संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यको डेनभर शहरमा आयोजना गरिएको उक्त अवार्ड सभ्य तथा भब्यताको साथ सम्पन्न भएको थियो । बिगत ५ बर्ष देखि चलचित्रकर्मीहरुलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने हेतुले ‘ग्लोबल नेपाली फिल्म अवार्ड’को आयोजना गरिदैं आएको उक्त अबसरमा ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष नबराज श्रेष्ठले बताएका छन् ।

काठमाडौं । फिल्म ‘ब्लड मनी’बाट अभिनेत्री ऋचा शर्माले अष्ट्रेलियाको एक फिल्म फेस्टिभलमा सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् । सिड्नीमा सम्पन्न टाइटन फिल्म फेस्टिभलबाट ऋचाले उक्त अवार्ड जितेकी हुन् । ट्रफी बोकेर उनी आगामी बुधबार नेपाल फर्कने तयारी छ ।

प्रतिक्रिया दिनुहोस

Ad