# भर्खरै
Namaste Icon
Ad

दोलखामा आलु तथा मकैखेतीमा ‘सेमिलोफर’ किराको प्रकोप

दोलखामा आलु तथा मकैखेतीमा ‘सेमिलोफर’ किराको प्रकोप

दोलखा । दोलखाका विभिन्न क्षेत्रहरूमा आलु तथा मकैमा ‘सेमिलोफर’ नामक किराको समस्या देखापरेको छ । जिल्लाको अधिकांश स्थानमा सेमिलोफर किराको समस्या देखापरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

शैलुङ गाउँपालिकामा सबैभन्दा किराले क्षति पु-याएको छ । किराले आलु र मकैका पातलाई खाँदा बोट मर्न थालेपछि किसानहरू चिन्तित बनेका छन् । किराले खाएर बोट नै मरेपछि किसानले गाउँपालिका तथा नगरपालिकाको कृषि शाखामा रोग नियन्त्रणका लागि पटक–पटक गुनासो राख्दै आएका छन् ।

ज्ञान केन्द्रका शाखा प्रमुख नन्दराज वलीले अहिले किसानलाई प्राविधिक परामर्श र विषादी सहयोग गरेकोे जानकारी दिए । उनले किरा नियन्त्रणका लागि गोडमेल गर्नुपर्ने, झार उखेलेर गाड्नुपर्ने, गोडमेलमा ध्यान पु-याउनुपर्ने र इमानेटिक बेन्जोयट नामक विषादी प्रयोग गर्नुपर्ने बताए ।

जिल्लाको उच्च क्षेत्रहरूमा मुख्य पेशाका रूपमा आलुखेती गर्दै आइरहेका छन् । बजार सहजै पाउने र हिमाली क्षेत्रको आलु राजधानी काठमाडौंलगायत सहरमा धेरै मात्रामा माग भएका कारण किसानले मुख्य खेतीका रूपमा आलु लगाउँदै आएका छन् । जिल्लामा गत वर्ष पनि आलु, मकैलगायत खेतीमा फौजी किराले समेत क्षति पु-याएको थियो । रासस

 

सम्बन्धित समाचारहरु

हाँसपालनबाट मनग्य आम्दानी

हाँसपालनबाट मनग्य आम्दानी

चितवन । पछिल्लो समय हाँसका परिकारको पारखी बढ्दै जाँदा हाँसपालनतर्फ यहाँका किसान आकर्षित हुन थालेका छन् । हाँस पाल्न र बिक्रीका लागिसमेत सहज हुन थालेपछि हाँसपालनतर्फ किसान आकर्षित हुन थालेका हुन् । भरतपुर–१९ शारदानगरमा हाँसपालन गर्दै आएका शंकर महतोले हप्तामा पाँच सय वटा हाँसका चल्ला बिक्री गर्दै आएका छन् । महतोले इमानियल हाँस फार्म तथा ह्याचरी दर्ता गरेर करिब दुई हजार हाँस पाल्दै आएका छन् । उनले हाँस बिक्री वितरणका लागि बजार सहज भएकाले यसतर्फ आकर्षित भएको बताए ।

मकै उत्पादनमा आत्मनिर्भर बन्दै म्याग्दी

मकै उत्पादनमा आत्मनिर्भर बन्दै म्याग्दी

गलेश्वर । म्याग्दीको फाँटैभरि यतिबेला मकैबाली झुलिरहेको छ । रासायनिक मल अभाव र फौजी किराको प्रकोप देखिएपछि उत्पादन राम्रो हुँदैन कि भनेर चिन्तित बनेका किसान समयमै पानी परेकाले बारीमा मकैबाली सप्रिदा दंग भएका छन् । पाँच वर्षयता म्याग्दी मकै उत्पादनमा आत्मनिर्भर बन्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ । दैनिक उपभोग गर्नेबाहेक बीउका लागि यहाँ फलेको मकै बाहिरी जिल्लामा समेत बिक्रीवितरण गर्न थालिएको छ । लेकदेखि बेँसीसम्मका अधिकांश जमिनमा मकै खेती हुन्छ । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाको ११ हजार हेक्टर जमिनमा वार्षिक ३७ हजार ८ सय १७ टन मकै उत्पादन हुँदै आएको छ । यो उत्पादन यहाँका लागि राम्रो हो ।

प्रतिक्रिया दिनुहोस