# भर्खरै
Namaste Icon
Ad

रचना रिमालको नयाँ गीत ‘माया गर्छु’ सार्वजनिक (भिडियोसहित)

रचना रिमालको नयाँ गीत ‘माया गर्छु’ सार्वजनिक (भिडियोसहित)

काठमाडाैं । गायिका रचना रिमालको स्वरमा ‘माया गर्छु’ बोलको गीत सार्वजनिक भएको छ । यो गीत गायिका रचनाको आफ्नै ‘रचना रिमाल’ युट्युब च्यानलमार्फत शनिवार सार्वजनिक भएको हो ।

तुलसा चौहानको शब्द, नवीन कार्कीको संगीत, विशाल निरौलाको एरेन्ज रहेको गीतमा रचनाले एकल स्वर दिएकी हुन् । विक्रम चौहानको निर्देशनमा बनेको भिडियोमा रचना स्वयं प्रस्तुत छिन् । प्रकाश खड्काको छायाँकन रहेको भिडियोमा लक्ष्मण चौहानको सम्पादन छ । गायनमा पछिल्लो पुस्ताकी सर्वाधिक व्यस्त रचनाले आफ्नो युट्युब च्यानलमा पनि समय-समयमा नयाँ गीत सार्वजनिक गर्दै आएकी छन् ।

 

सम्बन्धित समाचारहरु

काठमाडौं । आफ्नै नाम, शान र पहिचान सहित सम्पन्न भएको‘पाँचौ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड’को पाँचौ संस्करण २०२२ को समापन तथा विभिन्न कारणले अवार्ड कार्यक्रममा उपस्थित हुन नसकी अवार्ड लिन नसकेका चलचित्रकर्मीहरुलाई अवार्ड वितरण कार्यक्रम काठमाडौंमा भव्यताको साथ सम्पन्न भएको थियाे । संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यको डेनभर शहरमा आयोजना गरिएको उक्त अवार्ड सभ्य तथा भब्यताको साथ सम्पन्न भएको थियो । बिगत ५ बर्ष देखि चलचित्रकर्मीहरुलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने हेतुले ‘ग्लोबल नेपाली फिल्म अवार्ड’को आयोजना गरिदैं आएको उक्त अबसरमा ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष नबराज श्रेष्ठले बताएका छन् ।

काठमाडौं । फिल्म ‘ब्लड मनी’बाट अभिनेत्री ऋचा शर्माले अष्ट्रेलियाको एक फिल्म फेस्टिभलमा सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् । सिड्नीमा सम्पन्न टाइटन फिल्म फेस्टिभलबाट ऋचाले उक्त अवार्ड जितेकी हुन् । ट्रफी बोकेर उनी आगामी बुधबार नेपाल फर्कने तयारी छ ।

प्रतिक्रिया दिनुहोस

Ad