# भर्खरै
Namaste Icon
Ad

प्रश्नपत्र हुबहु प्रकरण : त्रिविद्वारा छानविन समिति गठन

प्रश्नपत्र हुबहु प्रकरण : त्रिविद्वारा छानविन समिति गठन

काठमाडाैँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षामा सोधिने प्रश्नपत्रका सम्बन्धमा छानविन समिति गठन गरेको छ । रजिष्ट्रार तथा केन्द्रीय परीक्षा समितिका अध्यक्ष प्रा डा पेशल दाहालले प्रश्नपत्र हुबहु सम्बन्धमा छानविन गर्न समिति गठन गरिएको जानकारी दिए ।

उनका अनुसार प्राध्यापक घनश्याम भट्टराईको संयोजकत्वमा तीन सदस्य छानविन समिति गठन गरिएको छ । रजिष्ट्रार प्रा डा दाहालले छानविन समितिले एक हप्ताभित्र प्रतिवेदन बुझाउन भनिएको बताए ।

त्रिविको स्नातकोत्तर तह मानविकी तथा समाजशास्त्र सङ्कायको परीक्षाका दुई विषयको प्रश्नपत्रमा हुबहु देखिएपछि त्रिविले छानविन समिति गठन गरेको हो ।

मानविकी सङ्कायले जेठ १८ गते स्नातकोत्तर तह तेस्रो सेमेष्टरको अर्थशास्त्र विषयअन्तर्गत ‘पब्लिक इकोनोमिक्स’ र जेठ २३ गते स्नातकोत्तर तहको राजनीतिशास्त्रको पहिलो सेमेस्टरको ‘इन्टरनेशनल पोलिटिक्स’ विषयको प्रश्नपत्र अघिल्लो वर्षको प्रश्नपत्रसँग हुबहु मिलेको थियो । ६० पूर्णाङ्कको उक्त विषयको परीक्षामा १३ प्रश्न अघिल्ला दुई बर्षको हुबहु मिलेको छ ।

त्रिविले विज्ञ समूहलाई प्रश्नपत्र बनाउन लगाए पनि प्रश्नपत्र सेट गर्नेको लापरवाहीका कारण अघिल्लो बर्षको प्रश्नपत्र दोहरिने गर्दछ ।

सम्बन्धित समाचारहरु

उपत्यकामा फैलियो हैजा, कुन कुन स्थानमा भेटियाे ?

उपत्यकामा फैलियो हैजा, कुन कुन स्थानमा भेटियाे ?

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा हैजाका बिरामी देखिएका छन् । योसँगै हैजाका बिरामीको संख्या १२ पुगेको छ । नैकाप र पाटनमा थप एक/एक जना हैजाका बिरामी भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाअनुसार यसअघि बागबजार, डिल्लीबजार, कपन, सानेपा, बालाजु, बल्खु र थानकोटमा हैजा पुष्टि भएको थियो । जनस्वास्थ्यविद्ले संक्रमणको स्रोत पत्ता नलाग्नु वा धेरै स्थानमा हैजाका बिरामी देखापर्नु हैजा महामारीकै रूपमा फैलनसक्ने पूर्वसंकेत भएको चेतावनी दिएका छन् ।

नेपाल भौतिक विज्ञान समाज लुम्बिनीमा अनन्त पन्थीको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन

वुटवल । नेपाल भौतिक विज्ञान समाज लुम्बिनी प्रदेशको दोस्रो अधिवेशन तथा साधारण सभा सम्पन्न भएको छ । अधिवेशनले भौतिक शास्त्री प्रा.डा. अनन्त पन्थीको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको छ । जसको उपाध्यक्षमा मा डा.वेदराज केसी,सचिवमा लक्ष्मीनाथ भट्टराई, सह-सचिवमा चुडामणी रजौरे, कोषाध्यक्षमा शालिकराम भण्डारी र सदस्यहरू मा क्रमशः सन्तोष कुमार केसी, अनिष चौधरी, धर्मबन्धु पौडेल,नरेश आचार्य, शान्ता शर्मा र शिशिर अधिकारी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस