# भर्खरै
Namaste Icon
Ad

नेपाली ब्राण्ड टिम्बर क्राफ्टकै ढोका खोज्ने ग्राहकको संख्या निकै बढ्यो : हुमनाथ पोख्रेल

नेपाली ब्राण्ड टिम्बर क्राफ्टकै ढोका खोज्ने ग्राहकको संख्या निकै बढ्यो : हुमनाथ पोख्रेल

विगत १२ वर्ष देखि ढोकाको व्यवसायमा लागेका हुमनाथ पोख्रेल पोखराका सफल ढोक व्यवसायी हुन् । उनी पोखरा तथा आसपासका क्षेत्रहरुमा एच पि ट्रेडसमार्फत ढोकाको बिक्रि वितरण गर्दै आएका छन् । सुरुमा अरुको पसलमा मार्केटिङको काम गरेका उनी हाल पोखराकै सफल ढोका व्यवसायीमा पर्छन । नेपाली ढोका उत्पादन गर्दै आएको टिम्बर क्राफ्टका ढोकाहरुको आधिकारिक डिलरको रुपमा पनि उनले काम गर्दै आएका छन् । सुरुवातमा मार्केटिङ गर्न लाई अर्काको कम्पनीमा जब गरेको र पछिगएर आजभन्दा ८ वर्ष अगाडि देखि आफैंले व्यावसाय थालेको उनले बताए । सिक्ने आधारको रुपमा मार्केटिङले राम्रो काम गरेको उनको अनुभव छ ।


टिम्बर क्राफ्टको कम्पनीले उत्पादन सुरु गरेकै दिनदेखि टिम्बर क्राफ्टका ढोका बेच्दै आएको बताउने उनी यसभन्दा अगाडि पनि भारतबाट मेसोनाईट कम्पनीको कच्चापदार्थ प्रयोग भएको ढोका आउथे । पछि नेपालमै टिम्बर क्राफ्टले उत्पादन थालेपछि भारतबाट भन्दा पनि नेपालमै उत्पादन भएको ढोका बेच्न थाले । भारतबाट ल्याएर बेच्दा महंगो पनि पर्ने हुनाले नेपालमै उत्पादन हुँदा सस्तो तथा धेरै कुराले सजिलो भएको उनले बताए ।


उनका अनुसार रेडिमेट भनेपछि पहिले पहिले ग्राहकले आफूले केहि गर्न नपरोश भन्ने चाहाना राख्थे, टिकाउ चाहिएन तर राम्रो चाहियो भन्ने थियो । पहिला पहिला ढोका आर्कषक भए ग्राहक खुसि हुन्थे । पछि विस्तार विस्तारै ढोकाहरुमा समस्या आउन थालेपछि ग्राहको रोजाई पनि फेरिएको छ । अहिले त ढोका एकछिनलाई मात्र राम्रो होईन टिकाउ पनि हुनपर्छ भन्ने ग्राहकहरुको मान्यता छ । ढोका गुणस्तरीय हुनुका साँथै भोलीका दिनमा मर्मत पनि गर्न सकिने सहजै पहुँच पुग्ने खालको ढोका प्रति ग्राहकको रुचि छ ।

सुरु सुरुमा त टिम्बर क्राफ्टको ढोका वेच्नलाई ठुलो समस्या भउको उनी बताउछन् । उनले भने, ‘ग्राहकलाई विश्वास दिलाउनै गाह्रो थियो । तर अहिले ग्राहकले विश्वास गरेका छन । रेडिमेड ढोकाहरुको आधारमा भन्ने हो भने अहिले त घाम र पानी पर्ने ठाँउमा टिम्बर क्राफ्टका ढोकाको विकल्प नै छैन भनेर भन्न सकिन्छ । ग्राहकहरु पनि धेरै सन्तुष्ट हुनुहुन्छ । टिम्बर क्राफ्ट नै चाहियो भनेर आउने दैनिक ग्राहक धेरै छन ।’


टिम्बर क्राफ्टका ढोकामा गुनासो नै नआउने भन्ने त होइन भन्दै उनले भने, ‘गुनासो नै नआउने भन्ने त के मा छ र ? सयमा ५ प्रतिशत गुनासो आउनुलाई नराम्रो मान्न सकिदैन । भैपरि आएका समस्यालाई कम्पनीले सहज तरिकाले उत्तदायि भएर सम्बोधन गर्दै आएको कारण ग्राहको विश्वास झन बढेको छ । समस्या आएमा ग्राहकलाई मार नपर्ने गरि समाधानको लागि प्रयास गरिराखेका छौं ।’


ढोकाको लागि पोखरामा त्यति धेरै ठुलो बजार त छैन् तर हुमनाथ पोख्रेलले न्युनतम भन्नुपर्दा मासिक ४ सय भन्दा बढि ढोका टिम्बर क्राफ्ट कै बेच्ने गरेका छन् । सवै गरेर उनले ६÷७ सय ढोका विक्रि गर्ने गरेका छन् । टिम्बर क्राफ्टले ढोका उत्पादनको भोलुम बढाएमा बजार विस्तार भएमा महिनाको ७÷८ सय भन्दा बढि ढोका बेच्न र ग्राहलाई सन्तुष्ट पार्न सकिने उनी बताउछन् ।

ढोकाको व्यापार गर्नुभन्दा अगाडि हुमनाथ पोख्रेल कोकाकोला कम्पनीमा मार्केटिङ गर्थे । त्यहिं मार्केटिङ गरेको भएर ढोका व्यापार मै छिरेको उनी सुनाउछन् । उनी भन्छन, ‘कलेज पढ्दा पार्ट टाइम जब गरौं भनि गर्दा गर्दै मार्केटिङ लाईनमा लागियो । यस लाईनमा भविष्य देखेर यसमै सक्रिय छु । परिवारबाट त्यस्तो कुनै दबाब त थिएन । आफ्नै इच्छा अनुसार यसमा लागे । म कृषकको छोरा हुँ, मलाई गाँउ घर राम्रो सँग थाहा पनि । मेरो परिवारबाट यस क्षेत्रमा मलाई पूर्ण सहयोग छ ।’


टिम्बर क्राफ्टसँग त्यति धेरै अपेक्षा नभएको बताउदै उनले भने, ‘कम्पनीले के दियो भन्नु भन्दा पनि कम्पनीलाई के दिन सकियो भन्ने नि मुख्य कुरा हो । मेरो त्यति ठुलो अपेक्षा छैन । यो सहकार्य दोहोरै हुन्छ ।’

घर भनेको जीवनमा एकपल्ट बनाउने हो त्यसकारण वरपर वुझेर ढोका खरिद गर्न सवैलाई उनको अनुरोध छ ।

सम्बन्धित समाचारहरु

बाख्रापालनमा बढ्दै महिलाको आकर्षण

बाख्रापालनमा बढ्दै महिलाको आकर्षण

पाल्पा । जिल्लको रामपुर नगरपालिका–९ लाम्दीखोला बस्ने मालती भुषालले परिवारको आर्थिक अवस्था उकास्न बाख्रापालनलाई जोड दिँदै छिन् । सधैँ दुई–चार पैसाका लागि अरूको निर्भर रहँदै आएकी उनलाई आफ्नो खर्च आफैँ धान्न हेफर प्रोजेक्ट नेपालले बाख्रा उपहार दिएपछि उत्साह थपिएको छ । ग्रामीण भेगका महिलाको जीविकोपार्जन गर्न हेफरले बाख्रापालनलाई प्रोत्साहन गर्दै उपहारस्वरूप दिएको बाख्रालाई राम्रोसँग पालनपोषण गरी आम्दानी बढाउने भुषालले लक्ष्य लिएकी छन् । उनले भनिन्, ‘अरूको भरमा रहँदा महिलालाई दुःख छ, घरको काममा मात्रै सीमित बस्दा सधैँ अरूसँगै दुई–चार पैसाका लागि हात थाप्नुपर्ने अवस्था रह्यो, बाख्रा खरिद पनि गर्नु परेन, बाख्रापालन गरियो भने त आफ्नो खर्च हामी आफैँ धान्न सक्छौँ ।’ उनले पालनपोषण गरेर ठूलो बनाएर उत्पादन बढाउने र त्यसलाई बिक्री गरी आत्मनिर्भर बन्ने बताइन् । बाख्रापालन गरेर आयआर्जन बढाएर अन्य महिलालाई पनि प्रोत्साहित गर्दै व्यावसायिकरूपमा पहिचान दिनसक्ने गरी काम गर्ने उनको अठोट छ ।

पीपल संरक्षणमा बत्तरकोट सामुदायिक वन

पीपल संरक्षणमा बत्तरकोट सामुदायिक वन

पाल्पा । पछिल्लो समय पीपल मास्ने क्रम बढ्दै गएको छ । विकास निर्माणको नाममा गाउँघरमा भएका पीपलका बोटहरू मासिदै छ । यसको संरक्षणका लागि पाल्पाको रामपुरमा एक सामुदायिक वनले अभियान सुरु गरेको छ । लोप हुँदै गएको पीपल संरक्षण गर्दै धार्मिक पर्यटन विकासका लागि रामपुर नगरपालिका–७ स्थित बत्तरकोट सामुदायिक वन समूहका उपभोक्ता सक्रिय भएर लागेका छन् । यहाँको वन क्षेत्रमा मंगलबार १ सय ८ पीपलका बोट रोपण गरिएको छ । एक व्यक्ति एक विरुवा रोपण गरी पीपल संरक्षण अभियान उपभोक्ताले सुरु गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस