# भर्खरै
Namaste Icon
Ad

क्यानमाथिको निलम्बन पूर्ण रुपमा फुकुवा

क्यानमाथिको निलम्बन पूर्ण रुपमा फुकुवा

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाल क्रिकेट संघ (क्यान) माथिको लगाएको निलम्बन पूर्ण रुपमा हटाएको छ । चतुरबहादुर चन्दको अध्यक्षमा नयाँ नेतृत्व आएपछि आइसिसीले क्यानलाई लगाउँदै आएको निलम्बन २०७६ असोज अन्तिममा सर्शत रुपमा फुकुवा गरेको थियो । क्यानले मंगलबार आइसिसीले लगाउँदै आएको कन्ट्रोल फन्डिङ पूर्ण रुपमा हटाएको जनाएको छ । योसँगै क्यानको निलम्बन पूर्ण रुपमा हटेको क्यानका कोषाध्यक्ष रोशनसिंहले जानकारी दिए । क्यानले अव ओडिआई मान्यता प्राप्त एसोसिएट देशले सरह नेपालले आर्थिक अनुदान र गतिविधि गर्न पाउने क्यानले जनाएको छ ।

क्यानले उत्कृष्ट कार्यसम्पादन गर्न क्यानलाई सहयोग गर्नुहुने आइसिसी लगायत सम्पूर्ण सरकारवालालाई धन्यावाद ज्ञापन गरेको छ । सर्शत फुकुवाको कारण क्यान आइसिसीसँग निर्भर रहँदै आएको थियो । यसअघि आइसिसीले क्यानलाई सिमित मात्रमा बजेट दिँदै आएको थियो । आइसिसीकै प्रत्यक्ष संलग्नतामा असोज १० र ११ गते काठमाडौंमा क्यानको निर्वाचन भएपनि निलम्बन फुकुवाका लागि सबैभन्दा बलियो आधार बनेको थियो । सो निर्वाचनले चतुरबहादुर चन्दको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको थियो । त्यसपघि आइसिसीले असोज २७ मा सशर्त फुकुवा गरेको थियो । सरकारी हस्तक्षेप र निष्पक्ष निर्वाचनलगायतका विभन्न विषय देखाउँदै आइससिीले २०७३ वैशाखमा क्यानमाथि निलम्बन गरेको थियो ।

२०७२ को मंसिरमा क्यानको निर्वाचनले चन्दलाई नै अध्यक्षका रुपमा निर्वाचित गरेपछि पछिल्लो विवाद सुरु भएको थियो । पुसमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले क्यान पुनर्गठन गरेपछि विवादले नयाँ रुप लिएको थियो । निर्वाचत समिति अदालत गएपछि क्यानको दोहोरो अस्तित्व देखिएको थियो । नेपालको अन्तरिक विवादकाबीच आइसिसीले २०७३ वैशाखमा क्यानमाथि प्रतिबन्ध लगाएको थियो । त्यसपछि पटक पटकको पहल आइसिसीले सल्लाहकार समितिमार्फत क्यानको विधान तयार पारेको थियो ।

उक्त विधानलाई पास गर्न क्यानको विशेष साधारण सभा दुई पटकसम्म बसेको थियो । नयाँ विधान अनुसार ५ सदस्यीय स्वतन्त्र समिति बनाउँदै आइसिसीले क्यान निर्वाचनको वातावरण तयार पारेको थियो । जिल्ला, प्रदेश हुँदै असोज ११ गते क्यानको केन्द्रको निर्वाचन पछि निलम्बन फुकुवाको सम्भावना बढेको थियो । पूर्णरूपमा फुकुवा नहुँदा क्यान आइसिसीमा निर्भर रहँदै आएको थियो ।

सम्बन्धित समाचारहरु

कीर्तिपुर यु–२३ बास्केटबल प्रतियोगिताको सेमिफाइनलमा

काठमाडौं । लगातार तेस्रो जित निकाल्दै कीर्तिपुर यु–२३ पुरुष बास्केटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत केन्द्रीय बास्केटबल विभागद्वारा आयोजित प्रतियोगितामा शुक्रवार कीर्तिपुरले बलर्स एकेडेमीलाई ७५–४९ ले पराजित गर्‍यो । कीर्तिपुरका इनाप महर्जनले १२ अंक जोडे ।

पोखरा स्पोर्टस अवार्ड असार १८ गते

पोखरा स्पोर्टस अवार्ड असार १८ गते

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले बर्सेनी दिँदै आएको ‘पोखरा स्पोर्टस् अवार्ड’को ४ विधातर्फको मनोनयन सार्वजनिक गरेको छ । मञ्चले शनिबार पोखरामा पत्रकार सम्मेलनमार्फत वर्ष खेलाडी (महिला, पुरुष), वर्ष उदीयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकको मनोनयन सार्वजनिक गरेको हो । असार १८ गते पोखरा सभागृहमा हुने छैटौं पोखरा स्पोर्टस अर्वाडको वर्ष खेलाडी पुरुषतर्फ ब्याडमिन्टनबाट विधान अधिकारी, करातेबाट बुद्ध लामा र टेनिसबाट प्रदीप खड्का छनोट भएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस