# भर्खरै
Namaste Icon
Ad

पहिलो प्रयाश नै सफल भएपछि मोडलिङमा जमेका देवेन्द्र क्षेत्री

पहिलो प्रयाश नै सफल भएपछि मोडलिङमा जमेका देवेन्द्र क्षेत्री

काठमाडौं । देवेन्द्र क्षेत्री (केसी) नेपाली गीत संगीतको क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल मोडलका रुपमा परिचित छन् । अभिनयमा निरन्तर सक्रिय उनी कलाकर्मबाट नै आफ्नो व्यक्तित्व निर्माणमा लागिरहेका छन् । आठ वर्षअघि चर्चित कलाकार तथा मोडल रञ्जिता गुरुङसँग जोडीको रुपमा अभिनयको यात्रा सुरु गरेका उनले हालसम्म सयौं गीति भिडियोमा अभिनय गरिसकेका छन् ।

उनले आफूमा कलाकार हुँ भन्ने कहिले घमण्ड नरहेको र यस क्षेत्रमा कलाकार बन्न अझै धेरै कुरा सिक्न बाँकी रहेको बताए । प्युठानको बर्जिवाङमा जन्मिएका कलाकार देवेन्द्र सानैदेखि हजुरबुवासँग दाङमा बसेर आफ्नो शैक्षिक यात्रा सुरु गरेको बताए । उनी स्कुलेजीवनमा पढाइमा अब्बल रहेको सुनाउँदै सधैं प्रथम हुने गरेको सम्झिए । यसका साथसाथै उनी विभिन्न अतिरिक्त क्रियाकलापमा समेत प्रथम हुने गरेको सुनाए । २०६१ सालतिर उच्चशिक्षा हासिल गर्न राजधानी छिरेका देवेन्द्रले एमबिएससम्मको अध्ययन पूरा गरेका छन् । २०७० सालदेखि उनी कलाकारिता क्षेत्रमा प्रवेश गरे । उनले गायक राजु ढकाल र देवी घर्तीको स्वरमा रहेको गीत ‘पिरतीको इतिहास’ मा पहिलो पटक अभिनय गरेको बताए । उनले भने, ‘अभिनय यात्राको सुरुवात्मा ‘पिरतीको इतिहास’ गीतको भिडियोमा पहिलो पटक अभिनय गर्ने अवसर पाएको थिएँ । जुन भिडियो अत्यन्तै चर्चित रहन गयो । सबैले दर्शकले मनपराइदिएपछि निकै रमाइलो महशुस भएको थियो ।’

सगरमाथा डिजिटलबाट बजारमा आएको उक्त गीति भिडियो बाबुराजा केसी ‘उज्जव’ ले निर्देशन गरेका थिए । उक्त भिडियोमा अभिनय गरेपश्चात् धेरै गीतमा अभिनयको अफर आएको उनले सुनाए । उनले आगामी दिनमा आफूले अझै मिहिनेत गर्नुपर्ने जनाउँदै निरन्तर आफ्नो कर्ममा सक्रिय हुने लक्ष्य राखेको बताए ।

निर्देशक शंकर बिसी, कपिल लामा, उज्वल केसी, शिव विक, काजिश श्रेष्ठ, स्मृति तिमल्सिना लगायतका धेरै नयाँ पुराना निर्देशकसँग काम गरेको बताउँदै देवेन्द्रले भने, ‘आजसम्म एक सय पचासभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेको छु ।’ उनले निरन्तर कलाकारितामा रहेकै कारण विभिन्न स्टेज प्रोगाम, रियालिटी सोमा निर्णायकको भूमिकामा समेत काम गर्ने अवसर पाएको सुनाए । उनले कलाकारिता क्षेत्रमा सक्रिय रहदै गर्दा आफूलाई दिइएको यो सम्मान लिन पाउँदा अत्यन्तै खुसी लागेको बताए ।

उनी आफैलाई मनपर्ने तथा दर्शकले रुचाएका चर्चित भिडियोमा पिरतीको इतिहास, होसै हरायो, नेपालैमा हुन, नरोउ सानु भो, नचाहेरै तिमीसँग, झरेको फुल, माया लाएर हेर लगायतका रहेका छन् । पछिल्लो समय मोटो रकम खर्च गरेर मोडलिङ क्षेत्रमा आउनेका कारण यस क्षेत्रमा विकृति बढिरहेको उनले गुनासो गरे । निरन्तर सक्रिय रहेकै कारण विभिन्न मानसम्मान, अवार्ड तथा पुरस्कार मिलेको उनले बताए । उनी म्युजिक भिडियो कलाकार संघ, चलचित्र कलाकार संघ, लोकदोहोरी प्रतिष्ठान नेपाल, प्रस्तोता समाज लगायतका संघसंस्थामा आवद्ध छन् ।

त्यस्तै, उनी बिन्ध्यवासिनी फाउन्डेसन र रापती समाजमा आजीवन सदस्य रहेका छन् । कलाकार देवेन्द्र बिन्ध्यवासिनि म्युजिक अवार्ड, ओएसनेपाल म्युजिक अवार्ड, नेपाल म्युजिक अवार्ड, रापती म्युजिक अवार्ड, सुन्दरादेवी म्युजिक अवार्ड, संगीतकर्मी म्युजिक अवार्डबाट सम्मानित भइसकेका छन् ।

 

सम्बन्धित समाचारहरु

बाख्रापालनमा बढ्दै महिलाको आकर्षण

बाख्रापालनमा बढ्दै महिलाको आकर्षण

पाल्पा । जिल्लको रामपुर नगरपालिका–९ लाम्दीखोला बस्ने मालती भुषालले परिवारको आर्थिक अवस्था उकास्न बाख्रापालनलाई जोड दिँदै छिन् । सधैँ दुई–चार पैसाका लागि अरूको निर्भर रहँदै आएकी उनलाई आफ्नो खर्च आफैँ धान्न हेफर प्रोजेक्ट नेपालले बाख्रा उपहार दिएपछि उत्साह थपिएको छ । ग्रामीण भेगका महिलाको जीविकोपार्जन गर्न हेफरले बाख्रापालनलाई प्रोत्साहन गर्दै उपहारस्वरूप दिएको बाख्रालाई राम्रोसँग पालनपोषण गरी आम्दानी बढाउने भुषालले लक्ष्य लिएकी छन् । उनले भनिन्, ‘अरूको भरमा रहँदा महिलालाई दुःख छ, घरको काममा मात्रै सीमित बस्दा सधैँ अरूसँगै दुई–चार पैसाका लागि हात थाप्नुपर्ने अवस्था रह्यो, बाख्रा खरिद पनि गर्नु परेन, बाख्रापालन गरियो भने त आफ्नो खर्च हामी आफैँ धान्न सक्छौँ ।’ उनले पालनपोषण गरेर ठूलो बनाएर उत्पादन बढाउने र त्यसलाई बिक्री गरी आत्मनिर्भर बन्ने बताइन् । बाख्रापालन गरेर आयआर्जन बढाएर अन्य महिलालाई पनि प्रोत्साहित गर्दै व्यावसायिकरूपमा पहिचान दिनसक्ने गरी काम गर्ने उनको अठोट छ ।

पीपल संरक्षणमा बत्तरकोट सामुदायिक वन

पीपल संरक्षणमा बत्तरकोट सामुदायिक वन

पाल्पा । पछिल्लो समय पीपल मास्ने क्रम बढ्दै गएको छ । विकास निर्माणको नाममा गाउँघरमा भएका पीपलका बोटहरू मासिदै छ । यसको संरक्षणका लागि पाल्पाको रामपुरमा एक सामुदायिक वनले अभियान सुरु गरेको छ । लोप हुँदै गएको पीपल संरक्षण गर्दै धार्मिक पर्यटन विकासका लागि रामपुर नगरपालिका–७ स्थित बत्तरकोट सामुदायिक वन समूहका उपभोक्ता सक्रिय भएर लागेका छन् । यहाँको वन क्षेत्रमा मंगलबार १ सय ८ पीपलका बोट रोपण गरिएको छ । एक व्यक्ति एक विरुवा रोपण गरी पीपल संरक्षण अभियान उपभोक्ताले सुरु गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस