# भर्खरै
Namaste Icon
Ad

पीपल संरक्षणमा बत्तरकोट सामुदायिक वन

पीपल संरक्षणमा बत्तरकोट सामुदायिक वन

पाल्पा । पछिल्लो समय पीपल मास्ने क्रम बढ्दै गएको छ । विकास निर्माणको नाममा गाउँघरमा भएका पीपलका बोटहरू मासिदै छ । यसको संरक्षणका लागि पाल्पाको रामपुरमा एक सामुदायिक वनले अभियान सुरु गरेको छ । लोप हुँदै गएको पीपल संरक्षण गर्दै धार्मिक पर्यटन विकासका लागि रामपुर नगरपालिका–७ स्थित बत्तरकोट सामुदायिक वन समूहका उपभोक्ता सक्रिय भएर लागेका छन् । यहाँको वन क्षेत्रमा मंगलबार १ सय ८ पीपलका बोट रोपण गरिएको छ । एक व्यक्ति एक विरुवा रोपण गरी पीपल संरक्षण अभियान उपभोक्ताले सुरु गरेका हुन् ।

भारतको लखनउबाट विरुवा ल्याएर रामपुर सब–डिभिजन वन कार्यालयको प्राविधिक सहयोगमा सो समूहले विरुवा लगाएको हो । धार्मिक तथा वैज्ञानिक हिसाबले महत्वपूर्ण मानिने भएकाले यसको संरक्षणमा उपभोक्ता जुटेको समूहका अध्यक्ष शालिकराम गौतम बताए । ‘पहिले गाउँघरमा जताततै पीपलका चौतारी भेटिन्थे, यसले शीतलता मात्र नभई औषधीय गुण प्रदान दिन्थ्यो, आजकल देख्न मुस्किल परिसक्यो, विकास गर्ने भन्दै पीपलका बोट मासिन थालेपछि यसको संरक्षण गर्न थालिएको हो’, उनले भने । नेपालमा एकै स्थानमा ठूलो परिमाणमा विरुवा नपाएपछि बाहिरबाट आयात गरिएको उनले बताए ।

भगवान् विष्णुको स्वरूप मानिने पीपल धार्मिकसँगै वैज्ञानिक हिसाबले महत्वपूर्ण मानिन्छ । हिन्दू र बुद्ध धर्मावलम्बी दुवै पीपलप्रति आस्था राख्छन् । हिन्दू धर्ममा ब्रह्मा, विष्णु र शिवको बास यही रुखमा छ भन्ने मान्यता छ । पीपलको रुखमा शनीको पनि बास हुने हुँदा शनिबारको दिन जल चढाउँदा वा छुँदा मात्र पनि राम्रो हुने धर्मशास्त्रमा उल्लेख छ । बुद्धले बुद्धत्व अर्थात ज्ञान यसै रुखमुनि पाएकोले बुद्ध धर्मअनुसार यसको ठूलो महत्व छ । पीपलको रुख– ज्ञानोदय र शान्तिको प्रतीक हो ।

पर्यटन प्रवद्र्धन गर्दै धार्मिक महत्व लोप हुन नदिन सामुदायिक वनका उपभोक्ताले चलाएको अभियान राम्रो रहेको रामपुर–७ का वडाध्यक्ष दोवराज तिवारीले बताए । विभिन्न रोगको उपचारमा समेत यसको प्रयोग गरिन्छ । बाथ, गिजाको रोग, कान दुःख्ने, पुरानो घाउ, अल्सर, वाकवाकी, मधुमेह, दम, पखाला, छारेरोग, ग्यास्टिक जस्ता रोग र समस्यामा पीपल प्रयोग गरिन्छ ।

 

सम्बन्धित समाचारहरु

बाख्रापालनमा बढ्दै महिलाको आकर्षण

बाख्रापालनमा बढ्दै महिलाको आकर्षण

पाल्पा । जिल्लको रामपुर नगरपालिका–९ लाम्दीखोला बस्ने मालती भुषालले परिवारको आर्थिक अवस्था उकास्न बाख्रापालनलाई जोड दिँदै छिन् । सधैँ दुई–चार पैसाका लागि अरूको निर्भर रहँदै आएकी उनलाई आफ्नो खर्च आफैँ धान्न हेफर प्रोजेक्ट नेपालले बाख्रा उपहार दिएपछि उत्साह थपिएको छ । ग्रामीण भेगका महिलाको जीविकोपार्जन गर्न हेफरले बाख्रापालनलाई प्रोत्साहन गर्दै उपहारस्वरूप दिएको बाख्रालाई राम्रोसँग पालनपोषण गरी आम्दानी बढाउने भुषालले लक्ष्य लिएकी छन् । उनले भनिन्, ‘अरूको भरमा रहँदा महिलालाई दुःख छ, घरको काममा मात्रै सीमित बस्दा सधैँ अरूसँगै दुई–चार पैसाका लागि हात थाप्नुपर्ने अवस्था रह्यो, बाख्रा खरिद पनि गर्नु परेन, बाख्रापालन गरियो भने त आफ्नो खर्च हामी आफैँ धान्न सक्छौँ ।’ उनले पालनपोषण गरेर ठूलो बनाएर उत्पादन बढाउने र त्यसलाई बिक्री गरी आत्मनिर्भर बन्ने बताइन् । बाख्रापालन गरेर आयआर्जन बढाएर अन्य महिलालाई पनि प्रोत्साहित गर्दै व्यावसायिकरूपमा पहिचान दिनसक्ने गरी काम गर्ने उनको अठोट छ ।

पहिलो प्रयाश नै सफल भएपछि मोडलिङमा जमेका देवेन्द्र क्षेत्री

काठमाडौं । देवेन्द्र क्षेत्री (केसी) नेपाली गीत संगीतको क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल मोडलका रुपमा परिचित छन् । अभिनयमा निरन्तर सक्रिय उनी कलाकर्मबाट नै आफ्नो व्यक्तित्व निर्माणमा लागिरहेका छन् । आठ वर्षअघि चर्चित कलाकार तथा मोडल रञ्जिता गुरुङसँग जोडीको रुपमा अभिनयको यात्रा सुरु गरेका उनले हालसम्म सयौं गीति भिडियोमा अभिनय गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस