# भर्खरै
Namaste Icon
Ad

बालेन शाहले नयाँ र सुनौलो इतिहास रच्नुहुनेछ

बालेन शाहले नयाँ र सुनौलो इतिहास रच्नुहुनेछ
राकेश कुमार शर्मा

राकेश कुमार शर्मा ।

अब बालेन शाहले नेपालको इतिहासमा नयाँ र सुनौलो इतिहास रचना गर्ने समय आएको छ । बालेन शाहलाई जसरी भएपनि असफल बनाउने खेल अनेकौं प्रयत्न र प्रयासहरु भइरहेको छ । अब अन्तर्राष्ट्रिय शक्तिहरुको सहयोगमा मुलुकमा बालेन शाहले नै सत्ता कब्जा गर्नुपर्ने देखिन्छ ।

मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहलाई मन्त्रीहरु, वडा अध्यक्ष, सदस्यहरु र नेताहरूले फोहोर व्यवस्थापनलाई अवरोध गरी विरोध गरेको देख्दछु । बालेन शाहलाई मन्त्रीहरु, वडा अध्यक्ष, सदस्यहरु र नेताहरूले काठमाडौं महानगरपालिकाको विकास गर्न दिदैनन जस्तो लाग्न लागेको छ । बालेन शाहलाई गरि खान दिने छैनन । मन्त्रीहरु, वडा अध्यक्ष, सदस्यहरु र नेताहरूबाट हरेक कामहरूमा रुकावट, अवरोध र बाधा अडचन पैदा गरी बालेन शाहलाई जसरी भएपनी असफल र विफल बनाउने योजना हो । बालेन शाह सफल हुने बित्तिकै सांसदहरू, मन्त्रीहरु, वडा अध्यक्ष, सदस्यहरु र नेताहरूलाई आफुहरु विफल भइ मुलुक भर पत्तासाफ हुने डर छ । यसकारण काठमाडौंवासी हरुले पनि पुर्ण रुपले बालेन शाहलाई समर्थन गर्नुपर्ने हुन्छ ।

काठमाडौं महानगरवासीहरुले मेयरका रूपमा इन्जिनियर, दक्ष, उर्जा, जोश, जाँगर र शीप भएको युवा उम्मेदवार बालेन शाहलाई पाउनु भएको छ । काठमाडौंका महानगरवासीहरु लाई यो भन्दा हर्षको कुरा के नै हुन सक्छ । बालेन शाहलाई सफल पार्न सक्दो सहयोग गरौं ।

अब बालेन शाहले कठोर र ठोस निर्णय गर्नुपर्ने समय आएको छ । स्वतन्त्र उम्मेदवारको शक्ति र उर्जा नै दलीय नेताहरू भन्दा भिन्न हुन्छ । बालेन शाहले राजा ज्ञानेन्द्र शाह जस्तै उद्धारवादी र देशभक्त भएर होइन । बालेन शाहले तत्काल अन्तर्राष्ट्रिय शक्तिहरू संग समन्वय र सहकार्य गरि मुलुकमा नै कब्जा गर्नुपर्ने समय आएको छ । अन्तर्राष्ट्रिय शक्तिहरु संग समन्वय नगरी मुलुकमा कब्जा गर्न संभव छैन । यसकारण बालेन शाहले कठोर र ठोस निर्णय गर्नुपर्ने समय आएको छ ।

राजा ज्ञानेन्द्र शाह उद्धारवादी र देशभक्त बनेको कारण नै सत्ता छोडनुपर्ने अवस्था आयो । आजसम्म राजा ज्ञानेन्द्र शाह उद्धारवादी र देशभक्त भएकोमा कसैले पनि राजा प्रति सहानुभूति देखाएनन । बालेन शाह जी हाम्रो मुलुकलाई सतीले श्रापेकोले हाम्रो मुलुकमा उद्धारवादी र देशभक्तहरुको अस्तित्व समाप्त भएको देखिन्छ । देशद्रोहीहरुको भविष्य उज्ज्वल रहेको देखिन्छ । बालेन शाह जी सोझा साझालाई राम्ररी काम गर्न र गरि खान दिने छैनन । बालेन शाह जी अब तपाईंले कठोर निर्णय लिनुपर्ने समय आएको छ । अब बालेन शाह जंग बहादुर राणा बन्नुपर्ने समय आएको छ । बालेन शाहले नेपालको इतिहासमा नयाँ र सुनौलो इतिहास रच्नु हुनेछ भन्ने आशा राखेको छु ।

(राकेश कुमार शर्माकाे फेसबुकबाट)

सम्बन्धित समाचारहरु

बोयर बाख्रा गरिबको धन

बोयर बाख्रा गरिबको धन

ओम भण्डारी । रोजगारीकालागी विदेश पुगेका १५ जना युवाहरू समेत अहिले गाउँ फर्किएर ब्याबसायीक बोयर बाख्रा पालनगरी विदेशकै जस्तो आम्दानी गरिरहनु भएको छ । अर्घाखाची जिल्ल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ११ मा २०७२ सालबाट सुरु भएको 'जालकाँडा बोयर ब्रिडिंग हर्ट,पशुपालन तथा कृषी सहकारी संस्था लिमिटेड' अहिले ब्याबसायीक बोयर बाख्रा पालन सफलताको उदाहरण भएको छ ।

भगवती चौधरीका विकासे एजेण्डा र गच्छदार

भगवती चौधरीका विकासे एजेण्डा र गच्छदार

रामप्रसाद रिजाल । एक समय सुनसरी क्षेत्र नं ३ मा विजयकुमार गच्छदारको दवदवा थियो । तर, २०७० सालयता गच्छदार सत्तामा रहँदा पनि आफ्नै गढमा निरिह भइरहेका छन् । २०४८ सालयताका सबै संसदीय निर्वाचनमा जित हासिल गरेका गच्छदारले आफ्नै क्षेत्रका जनतालाई अँध्यारोमा राखेकैले मतदाता उनीप्रति नरम छैनन् । २०६४ सालको संविधानसभा सदस्य हुँदै कम्युनिस्ट राजनीतिमा आर्थिक सवलीकरणका नाराहरु अघि सार्दै निरन्तर उदाइरहेकी भगबती चौधरीले आफ्नो क्षेत्रमा मात्र नभएर राष्ट्रिय अन्तराष्ट्रिय स्तरमै चर्चा कमाएसँगै गच्छदारको राजनीति धरासायी बन्दै गएको हो । झन ०७० र ०७४ सालको निर्वाचनमा धाँधलीको आरोप लागेपछि गच्छदार मतदाता माझ पनि राम्ररी जान सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस

Ad
Ad