# भर्खरै
Namaste Icon
Ad

गुल्मीमा एकैपटक ३५ जना विद्यार्थीमा स्वास्थ्य समस्या

गुल्मीमा एकैपटक ३५ जना विद्यार्थीमा स्वास्थ्य समस्या

गुल्मी । गुल्मीमा एक विद्यालयका एकैपटक ३५ जना विद्यार्थीमा स्वास्थ्य समस्या देखिएको छ । जिल्लाकाे मदाने गाउँपालिकामा रहेको अग्लुङ्ग माध्यमिक विद्यालयमा अध्ययनरत ३५ जना विद्यार्थीमा एकैपटक स्वास्थ्य समस्या देखिएको उक्त वडाका वडाध्यक्ष सुशील चन्दले जानकारी दिए । उक्त विद्यालयकाे कक्षा ६ देखि १० सम्म अध्ययनरत ३५ विद्यार्थीमा चिच्याउने, बेहोस हुने, उफ्रने र काम्ने लगायतका समस्या देखिएका छन् ।

उनीहरु २ महिना अघि पनि यस्तै लक्षणसहित बिरामी परेका थिए । अहिले भने लामो समयसम्म यी लक्षणसहित विद्यार्थीमा समस्या देखिएको विद्यालयले जनाएको छ । बिरामी हुनेमा छात्र र छात्रा दुवै छन् । बिरामी हुनुको कारण अझै खुल्न सकेको छैन ।

गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पाैडेलले विद्यार्थीमा स्वास्थ्य समस्या देखिएपछि शुक्रबार स्वास्थ्यकर्मीकाे टाेली पठाउने बताएका छन् । केही दिन सबै विद्यार्थीकाे प्रत्यक्ष सम्पर्कमा रहने गरेर उपचार गर्नकाे लागि जिल्ला स्वास्थ्य कार्यालयबाट स्वास्थ्यकर्मीकाे टाेली पठाउने प्रमुख जिल्ला अधिकारी पाैडेलले बताएका हुन् । उक्त विद्यालयमा ५ वर्षअघि पनि करिब ४० जना विद्यार्थीमा एकैपटक लामो समयसम्म यस्तै स्वास्थ्य समस्या देखिएको थियोे ।

सम्बन्धित समाचारहरु

उपत्यकामा फैलियो हैजा, कुन कुन स्थानमा भेटियाे ?

उपत्यकामा फैलियो हैजा, कुन कुन स्थानमा भेटियाे ?

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा हैजाका बिरामी देखिएका छन् । योसँगै हैजाका बिरामीको संख्या १२ पुगेको छ । नैकाप र पाटनमा थप एक/एक जना हैजाका बिरामी भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाअनुसार यसअघि बागबजार, डिल्लीबजार, कपन, सानेपा, बालाजु, बल्खु र थानकोटमा हैजा पुष्टि भएको थियो । जनस्वास्थ्यविद्ले संक्रमणको स्रोत पत्ता नलाग्नु वा धेरै स्थानमा हैजाका बिरामी देखापर्नु हैजा महामारीकै रूपमा फैलनसक्ने पूर्वसंकेत भएको चेतावनी दिएका छन् ।

नेपाल भौतिक विज्ञान समाज लुम्बिनीमा अनन्त पन्थीको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन

वुटवल । नेपाल भौतिक विज्ञान समाज लुम्बिनी प्रदेशको दोस्रो अधिवेशन तथा साधारण सभा सम्पन्न भएको छ । अधिवेशनले भौतिक शास्त्री प्रा.डा. अनन्त पन्थीको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको छ । जसको उपाध्यक्षमा मा डा.वेदराज केसी,सचिवमा लक्ष्मीनाथ भट्टराई, सह-सचिवमा चुडामणी रजौरे, कोषाध्यक्षमा शालिकराम भण्डारी र सदस्यहरू मा क्रमशः सन्तोष कुमार केसी, अनिष चौधरी, धर्मबन्धु पौडेल,नरेश आचार्य, शान्ता शर्मा र शिशिर अधिकारी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस