# भर्खरै
Namaste Icon
Ad

मिस नेपालको ग्रान्ड फिनाले आज

मिस नेपालको ग्रान्ड फिनाले आज

काठमाडौं । मिस नेपालकाे ग्रान्ड फिनाले आज हुने भएकाे छ । बेलुका ललितपुरमा हुने ग्रान्ड फिनालेमा २४ जना सुन्दरीबीच ताजको लागि प्रतिस्पर्धा हुँदैछ । कोरोना महामारीको कारण अघिल्ला दुई वर्षमा रोकिएको मिस नेपाल यसपटक भने भौतिकरुपमै आयोजना हुन लागेको हो । द हिडन ट्रेजरले यसपटकको संस्करणलाई भव्य तुल्याइने जनाएको छ ।

६ जना चिकित्सकसहित विभिन्न पेसा व्यवसायका सुन्दरी प्रतिस्पर्धामा उत्रिएका छन् । यसपटकको संस्करणबाट मिस नेपाल वर्ल्ड, मिस नेपाल इन्टरनेसनल र मिस नेपाल अर्थ छानिनेछन् ।

यसपटक सुप्रान्यासनल टाइटललाई हटाइएको छ । मुख्य तीन टाइटलबाहेक बाँकी ९ वटा सब-टाइटलको विजेतासमेत घोषणा हुने तयारी छ । आजको फिनालेमा नीति शाहसहित ११ जना निर्णायकको रुपमा रहनेछन् । नयाँ विजेतालाई मिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्‍याइदिनेछिन् ।

सम्बन्धित समाचारहरु

चलचित्रकर्मीले पाए विशिष्ट श्रेणीको परिचयपत्र (सूचीसहित)

काठमाडौं । थप २२ चलचित्रकर्मीले विशिष्ट श्रेणीको परिचयपत्र पाएका छन् । चलचित्र विकास बोर्डले ६२ जना चलचित्रकर्मीलाई विशिष्ट श्रेणीको परिचयपत्र प्रदान गरेको हो । यसअघि ४० जना चलचित्रकर्मीलाई विशिष्ट श्रेणीको परिचयपत्र प्रदान गरिएको थियो । जसमध्ये चारजनाको निधन भइसकेको छ ।

‘प्रसाद २’ को घोषणा, बिपिन र नम्रता दोहोरिने

‘प्रसाद २’ को घोषणा, बिपिन र नम्रता  दोहोरिने

काठमाडौं । सामाजिक कथावस्तुमा बनेर सफलता प्राप्त गरेको चलचित्र ‘प्रसाद’को सिक्वेल ‘प्रसाद २’ बन्ने घोषणा भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर फिल्म निर्माणको घोषणा गरिएको हो । ‘प्रसाद’जस्तै ‘प्रसाद २’ पनि सामाजिक र प्रेम कथा विधामा आधारित रहने फिल्मको निर्माण पक्षले बताएका छन् । फिल्म पूर्ण रुपमा अघिल्लो फिल्मको समाप्तीबाट सुरु हुने र विशुद्ध सिक्वेलको रुपमा रहने लेखक सुशील पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस