# भर्खरै
Namaste Icon
Ad

२३ प्रतिस्पर्धीलाई पछि पार्दै प्रियंका बनिन् 'मिस नेपाल-२०२२'

२३ प्रतिस्पर्धीलाई पछि पार्दै प्रियंका बनिन् 'मिस नेपाल-२०२२'

काठमाडौं । यस वर्षको मिस नेपाल वर्ल्डको ताज २४ वर्षीया प्रियंका रानी जोशीले जितेकी छन् । शनिबार ललितपुरमा आयोजित विशेष समारोहमा आयोजक 'द हिडन ट्रेजर'ले जोशीको नाम विजेताको रुपमा घोषणा गरेको हो ।

काठमाडौंकी प्रियंका अन्तिम प्रतिस्पर्धामा सहभागी २४ मध्ये उत्कृष्ट सावित भएकी हुन् । यस्तै मिस नेपाल अर्थको ताज सरिता श्रेष्ठले जितेकी छन् भने मिस नेपाल इन्टरनेसनलको ताज न्यान्सी खड्काले जितेकी छन् ।ललितपुरको गोदावरीमा आयोजित विशेष समारोहमा विजेता जोशीलाई पूर्वमिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्‍याइदिएकी थिइन् ।

मिस नेपाल २०२२ का लागि आकृति शाह, आस्रुति सुवेदी, आयुस्नाेभा ढुंगाना, ऐश्वर्य शाही ठकुरी, अनुश्का पौडेल, अनुसूर्य डाँगी, अस्मिता ढुंगाना, अस्रा श्रेष्ठ, दिलाशा डोटेल, गंगा गुरुङ, ह्रतुल पौडेल, ममता ढकाल, मानसी चन्द, मेरिका बास्कोटा, न्यान्सी खड्का, प्रियंका रानी जाेशी, रोज कँडेल, सरिसा श्रेष्ठ, स्मारिका शर्मा, साफिया श्रेष्ठ, श्रृया गजुरेल, श्रीयान्सु पिया, सुस्मिता बोगटी र यशस्वी श्रेष्ठ अन्तिम २४ काे प्रतिस्पर्धीको रुपमा छानिएका थिए ।

सम्बन्धित समाचारहरु

चलचित्रकर्मीले पाए विशिष्ट श्रेणीको परिचयपत्र (सूचीसहित)

काठमाडौं । थप २२ चलचित्रकर्मीले विशिष्ट श्रेणीको परिचयपत्र पाएका छन् । चलचित्र विकास बोर्डले ६२ जना चलचित्रकर्मीलाई विशिष्ट श्रेणीको परिचयपत्र प्रदान गरेको हो । यसअघि ४० जना चलचित्रकर्मीलाई विशिष्ट श्रेणीको परिचयपत्र प्रदान गरिएको थियो । जसमध्ये चारजनाको निधन भइसकेको छ ।

‘प्रसाद २’ को घोषणा, बिपिन र नम्रता दोहोरिने

‘प्रसाद २’ को घोषणा, बिपिन र नम्रता  दोहोरिने

काठमाडौं । सामाजिक कथावस्तुमा बनेर सफलता प्राप्त गरेको चलचित्र ‘प्रसाद’को सिक्वेल ‘प्रसाद २’ बन्ने घोषणा भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर फिल्म निर्माणको घोषणा गरिएको हो । ‘प्रसाद’जस्तै ‘प्रसाद २’ पनि सामाजिक र प्रेम कथा विधामा आधारित रहने फिल्मको निर्माण पक्षले बताएका छन् । फिल्म पूर्ण रुपमा अघिल्लो फिल्मको समाप्तीबाट सुरु हुने र विशुद्ध सिक्वेलको रुपमा रहने लेखक सुशील पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस