# भर्खरै
Namaste Icon
Ad

इलाम जिसस प्रमुखमा एमाले र उपप्रमुखमा एकीकृत समाजवादी निर्वाचित

इलाम जिसस प्रमुखमा एमाले र उपप्रमुखमा एकीकृत समाजवादी निर्वाचित

इलाम । इलामको जिल्ला समन्वय समिति प्रमुखमा नेकपा एमालेका जयप्रकाश राई निर्वाचित भएका छन् । यहाँ एमाले र एकीकृत समाजवादीबीच चुनावी तालमेल भएको हो । समन्वय समितिको उपप्रमुखमा एकीकृत समाजवादीकी चित्रकला बराइली निर्वाचित भएकी छन् ।

अन्य सदस्यहरुमा एमालेका मिनाकुमारी राई, सीता कार्की, प्रेमराज गुरुङ, रामप्रसाद लिम्बु र शेरवहादुर खालिङ राई विजयी भएका छन् । त्यस्तै एकीकृत समाजवादीकी सपनादेवी राई शेर्पा र तृष्णा लोहार विजयी भएका छन् । यसअघि सूर्योदय नगरपालिकाको कार्यपालिका गठनमा पनि एमाले र एकीकृत समाजवादीबीच तालमेल भएको थियो ।

१० वटा पालिका रहेको इलाममा एमालेका प्रमुख र उपप्रमुखमा १० जना निर्वाचित छन् । त्यस्तै, कांग्रेसका ७, नेकपा एसका २ र जनता समाजवादीका १ जना छन् । प्रमुखमा एमालेका राईले १२ मत ल्याउँदा कांग्रेसका विमल वैद्यले ८ मत पाए । उपप्रमुखमा बराइलीले १३ मत पाउँदा कांग्रेसकी कमला बरालको ७ मत आएको छ ।

सम्बन्धित समाचारहरु

उपेन्द्र प्रवृत्ति मैले ३ वर्ष अगाडि नै चिनेर पार्टी छाडेको थिएँ : रामप्रसाद रिजाल

झापा । नेकपा एमालेका युवा नेता रामप्रसाद रिजालले उपेन्द्र यादवलाई आफूले चिनेर ३ बर्ष अघि नै पार्टी छाडेको बताएका छन् । दर्पण दैनिकसँग कराकानी गर्दै नेता रिजालले उपेन्द्रको तानशाही प्रवृत्तिले गर्दा पार्टी छाडेको बताएका हुन् । उनले भने, 'उपेन्द्रको अंहकारी प्रवृत्ति मैले ३ वर्ष अगाडि नै चिनिसकेको थिएँ, तर बाबुरामहरुले भर्खर बुझ्नु भयो ।'

कपिलवस्तुमा टिप्परको ठक्करबाट अस्मिताको ज्यान गयो

अर्घाखाँची । जिल्लाको भुमिकास्थान नगरपालिका धारापानीको सिख्र जन्म घर भई हाल कपिलवस्तुमा बसोबास गर्दै आईरहेकी १९ बर्षिया किशोरीको सवारी दुर्घटनामा परि मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने कपिलवस्तुको सडकमा बिपरित दिशाबाट आईरहेको टिप्परले अस्मिता खनाल सवार मोटरसाइकललाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस