# भर्खरै
Namaste Icon
Ad

निर्वाचित जनप्रतिनिधिलाई कांग्रेस बनेपा नगर कार्यसमितिकाे बधाई कार्यक्रम सम्पन (भिडियाे)

निर्वाचित जनप्रतिनिधिलाई कांग्रेस बनेपा नगर कार्यसमितिकाे बधाई कार्यक्रम सम्पन (भिडियाे)

काभ्रे । नेपाली कांग्रेस बनेपा नगर कार्यसमितिले कांग्रेसको तर्फ निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई र शुभकामना कार्यक्रम सम्पन भएको छ । कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, कांग्रेसका केन्द्रीय सदस्य गणेश लामा , बाग्मती प्रदेशका महामन्त्री कन्चन बादे, जिल्ला सभापति तिर्थ लामा साथै जिल्ला कार्यसमितिका पदाधिकारीहरु नगरकार्यसमितिका पदाधिकारीहरु क्षेत्रीय कार्यसमितिका नेताहरुको उपस्थिति रहेको थियो ।

सो अवसरमा वोल्दै कांग्रेस नेता प्रकाशमान सिंहले अमेरिकी सरकारको स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) सत्ता गठबन्धनलाई प्रहार गर्न ल्याइएको अस्त्र मात्रै भएको बताए । नेता सिंहले एसपीपीलाई कांग्रेसले अघि नबढाउने बताए । उनले मुलुकको अहित हुने काममा कांग्रेसले कुनै कदम नचाल्ने दाबी गरे । त्यस्तै कांग्रेस काभ्रेका सभापति तिर्थ लामाले जनप्रतिनिधि इमान्दार हुनुपर्ने र जनताको सेवामा लाग्नुपर्ने बताए ।

 

 

सम्बन्धित समाचारहरु

उपेन्द्र प्रवृत्ति मैले ३ वर्ष अगाडि नै चिनेर पार्टी छाडेको थिएँ : रामप्रसाद रिजाल

झापा । नेकपा एमालेका युवा नेता रामप्रसाद रिजालले उपेन्द्र यादवलाई आफूले चिनेर ३ बर्ष अघि नै पार्टी छाडेको बताएका छन् । दर्पण दैनिकसँग कराकानी गर्दै नेता रिजालले उपेन्द्रको तानशाही प्रवृत्तिले गर्दा पार्टी छाडेको बताएका हुन् । उनले भने, 'उपेन्द्रको अंहकारी प्रवृत्ति मैले ३ वर्ष अगाडि नै चिनिसकेको थिएँ, तर बाबुरामहरुले भर्खर बुझ्नु भयो ।'

कपिलवस्तुमा टिप्परको ठक्करबाट अस्मिताको ज्यान गयो

अर्घाखाँची । जिल्लाको भुमिकास्थान नगरपालिका धारापानीको सिख्र जन्म घर भई हाल कपिलवस्तुमा बसोबास गर्दै आईरहेकी १९ बर्षिया किशोरीको सवारी दुर्घटनामा परि मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने कपिलवस्तुको सडकमा बिपरित दिशाबाट आईरहेको टिप्परले अस्मिता खनाल सवार मोटरसाइकललाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस