शाक्षी र बिष्णुकाे 'माया बस्यो है' सार्वजनिक ( भिडियो )

काठमाडौं । मोडल शाक्षी लम्साल र बिष्णु खरेल अभिनित 'माया बस्यो है' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गीतमा गायक पवन गिरीको स्वर, शब्द र संगीत रहेको छ। गीतलाई बृजेश श्रेष्ठले संगीत संयोजन गरेका हुन् । राज पोख्रेलले छायाँकन गरेको यस भिडियोलाई बिकाश दाहालले सम्पादन गरेका हुन्।
अनुप चापागाईँको निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियो गायक गिरीको आधिकारिक च्यानल 'पवन गिरी अफिसिएल' मार्फत सार्वजनिक भएको हो। यसअघि गायक गिरीको स्वरमा रहेको 'बधाई छ', 'मिल्टेरिको जुत्ता', 'म जे छु', 'मलाई एकछिन देउ' लगायत थुप्रै गीतहरु सार्वजनिक भैसकेका छन्। निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ ।
काठमाडौं । थप २२ चलचित्रकर्मीले विशिष्ट श्रेणीको परिचयपत्र पाएका छन् । चलचित्र विकास बोर्डले ६२ जना चलचित्रकर्मीलाई विशिष्ट श्रेणीको परिचयपत्र प्रदान गरेको हो । यसअघि ४० जना चलचित्रकर्मीलाई विशिष्ट श्रेणीको परिचयपत्र प्रदान गरिएको थियो । जसमध्ये चारजनाको निधन भइसकेको छ ।
काठमाडौं । सामाजिक कथावस्तुमा बनेर सफलता प्राप्त गरेको चलचित्र ‘प्रसाद’को सिक्वेल ‘प्रसाद २’ बन्ने घोषणा भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर फिल्म निर्माणको घोषणा गरिएको हो । ‘प्रसाद’जस्तै ‘प्रसाद २’ पनि सामाजिक र प्रेम कथा विधामा आधारित रहने फिल्मको निर्माण पक्षले बताएका छन् । फिल्म पूर्ण रुपमा अघिल्लो फिल्मको समाप्तीबाट सुरु हुने र विशुद्ध सिक्वेलको रुपमा रहने लेखक सुशील पौडेलले बताए ।