# भर्खरै
Namaste Icon
Ad

‘छोडपत्र’ निर्देशन गर्दै अभिनेत्री दीपाश्री निरौला

‘छोडपत्र’ निर्देशन गर्दै अभिनेत्री दीपाश्री निरौला

काठमाडौं । ‘छक्का पन्जा’ को सिरिज फिल्मकी निर्देशक अभिनेत्री दीपाश्री निरौला नयाँ फिल्म निर्माणको काममा जुटेकी छन् । उनले निर्देशन गर्न लागेको फिल्मको नाम ‘छोडपत्र’ राखिएको छ । चलचित्र विकास बोर्डमा समेत दर्ता भएको यो फिल्म रोहित अधिकारीले बनाउन लागेका हुन् । रोहितले यस अगाडि दीपा दीपकको टिमसँग मिलेर ‘छ माया छपक्कै’ बनाएका थिए । जसको निर्देशन दीपेन्द्र लामाले गरेका थिए ।

‘छोडपत्र’ यसै वर्षमा निर्माण हुने फिल्म हो । जसको अहिले लेखनको कार्य धमाधम भइरहेको छ । रोहितको पूर्ण लगानीमा बन्ने फिल्म कमेडी जनरामै निर्माण हुन लागेको हो । जसको कथामा डिभोर्सका बिषयबस्तु छनौट गरिएको बताइन्छ । ‘छक्का पन्जा’, ‘छक्का पन्जा २’ र ‘छक्का पन्जा ३’ जस्ता तीन व्यवसायी फिल्म दिएकी दीपाको यो फिल्मको कलाकार प्राविधिक छनौटको क्रममा रहेका छन् ।

सम्बन्धित समाचारहरु

चलचित्रकर्मीले पाए विशिष्ट श्रेणीको परिचयपत्र (सूचीसहित)

काठमाडौं । थप २२ चलचित्रकर्मीले विशिष्ट श्रेणीको परिचयपत्र पाएका छन् । चलचित्र विकास बोर्डले ६२ जना चलचित्रकर्मीलाई विशिष्ट श्रेणीको परिचयपत्र प्रदान गरेको हो । यसअघि ४० जना चलचित्रकर्मीलाई विशिष्ट श्रेणीको परिचयपत्र प्रदान गरिएको थियो । जसमध्ये चारजनाको निधन भइसकेको छ ।

‘प्रसाद २’ को घोषणा, बिपिन र नम्रता दोहोरिने

‘प्रसाद २’ को घोषणा, बिपिन र नम्रता  दोहोरिने

काठमाडौं । सामाजिक कथावस्तुमा बनेर सफलता प्राप्त गरेको चलचित्र ‘प्रसाद’को सिक्वेल ‘प्रसाद २’ बन्ने घोषणा भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर फिल्म निर्माणको घोषणा गरिएको हो । ‘प्रसाद’जस्तै ‘प्रसाद २’ पनि सामाजिक र प्रेम कथा विधामा आधारित रहने फिल्मको निर्माण पक्षले बताएका छन् । फिल्म पूर्ण रुपमा अघिल्लो फिल्मको समाप्तीबाट सुरु हुने र विशुद्ध सिक्वेलको रुपमा रहने लेखक सुशील पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस