# भर्खरै
Namaste Icon
Ad

वामदेव गौतमले बोलाए राष्ट्रिय भेला

वामदेव गौतमले बोलाए राष्ट्रिय भेला

काठमाडौं । नेपालका कम्युनिस्ट पार्टीहरूबीच एकताका लागि वामदेव गौतमले नयाँ चरणको एकताको अभियान सुरु गर्न राष्ट्रिय भेला बोलाएका छन् । राष्ट्रियसभा सांसद रहेका गौतमले शनिबार ललितपुरको धोवीघाटस्थित सिद्धार्थ कटेजमा राष्ट्रिय भेला बोलाएका हुन् । गौतमका स्वकीय सचिव दीपक टमाटाले पार्टी एकता राष्ट्रिय भेलामा सबै जिल्लाबाट प्रतिनिधि पठाइदिन आग्रह गरिएको बताए ।

'नेपालका कम्युनिस्ट पार्टीहरूबीच एकताको आवश्यकताको विषयमा छलफल गर्नका लागि राष्ट्रिय भेला बोलाउनु भएको हो‚' टामाटाले भने, 'अभियानमै रहेका कतिपय नेताहरू दलतिर लाग्नु भएको छ । जता लागे पनि एकता चाहनेहरू यो भेलामा उपस्थित हुनसक्ने बताउनु भएको छ ।' नेकपाभित्र विवाद उत्कर्षमा रहेको समयमा २०७७ माघ १४ गौतमले एकताका लागि 'राष्ट्रिय एकता अभियान घोषणा' गरेका थिए ।

सम्बन्धित समाचारहरु

शेखर पक्षले निकाल्याे यस्ताे निस्कर्ष

शेखर पक्षले निकाल्याे यस्ताे निस्कर्ष

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालापक्षीय नेताहरूको भेलाले सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको नभई गठबन्धनको अजेण्डामा हिडेको निस्कर्ष निकालेको छ । बिहीबारदेखि सुरु भएको कोइराला पक्षीय भेलाले देउवा पार्टीको विधानविपरीत अघि बढेको भन्दै आफूहरुले सशक्त हस्तक्षेप गर्नुपर्ने ठहर गरेको छ । काठमाडौंको अनुपम फुडल्याण्डमा बसेको दुई दिनको भेलामा समसामयिक विषय, स्थानीय तह निर्वाचन, आउँदै गरेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा लिने रणनीतिका बारेमा छलफल भएको थियो ।

यस्ताे छ, रवि लामिछानेकाे राष्ट्रिय स्वतन्त्र पार्टीकाे केन्द्रीय समिति

लामो समय पत्रकारिता क्षेत्रमा रहेका रविले असार ७ गते एक कार्यक्रमबीच 'राष्ट्रिय स्वतन्त्र पार्टी' को घोषणा गरेका थिए । उक्त पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको प्रावधान अबलम्वन गर्ने घोषणा गरेको छ । निर्वाचनमा 'राइट टु रिकल'को प्रबन्धको माग पनि आफूहरूको प्रमुख एजेन्डा भएको लामिछाने बताउँछन् । पार्टीले कुनै पनि भ्रातृ संगठन नबनाउने र व्यापारीहरुबाट चन्दा नउठाउने घोषणा लामिछानेले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस