# भर्खरै
Namaste Icon
Ad

बालेन शाहले सार्वजनिक गरे चुनावी खर्च, के मा कति खर्च गरे ?

बालेन शाहले सार्वजनिक गरे चुनावी खर्च, के मा कति खर्च गरे ?

काठमाडौं । देशकै ठूलो महानगरपालिका काठमाडौंका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन) ले स्थानीय तह चुनावमा लागेको खर्च सार्वजनिक गरेका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले स्थानीय निर्वाचनमा विभिन्न शीर्षकमा लागेको कूल खर्च सार्वजनिक गरेका हुन् । सार्वजनिक गरेको विवरणअनुसार उनको चुनावी खर्च तीन लाख चौरानब्बे हजार चार सय उनानब्बे रूपैयाँ रहेको छ । केहिँ समयअघि नै चुनावी खर्च सार्वजनिक भइसक्नुपर्ने भनिए पनि विविध कारणले ढिला भएकोमा उनले माफीसमेत मागेका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘खर्चको विवरण केही समयअगाडि नै सार्वजनिक भइसक्नुपर्ने थियो । तर विभिन्न कारणले ढिलो भएकामा माफी चाहन्छौं। हाम्रो चुनावी अभियानमा जम्मा खर्च तीन लाख चौरानब्बे हजार चार सय उनानब्बे रूपैयाँ (३,९४,४८९) भएको छ ।’

मेयर बालेनले निर्वाचन प्रक्रिया लामो, बोझिलोमात्र होइन महंगो भइरहेकोमा आपत्ति पनि जनाएका छन् । उनले भनेका छन्, ‘जसमा मतगणनाको समयमा मात्रै १ लाख भन्दा बढि भएको थियो । मतगणना ढिलो भएर निर्वाचन प्रक्रियालाई लामो र बोझिलो मात्रै बनाएको छैन, उम्मेदवारका लागि महंगो बनाइरहेको छ । यसमा सबैको ध्यान जान जरुरी छ ।’

मेयर बालेनले आफूले पाएको अमूल्य साथ, विश्वास र जिम्मेवारी पूरा गर्न हरसमय खटिने पनि बाचा गरेका छन् । ‘र, भन्नै पर्ने कुरा छ– एउटा उम्मेदवारका रुपमा हामीले जुन साथ र विश्वास पायौँ, त्यसलाई संसारको सबै भन्दा शक्तिशाली कम्प्युटरले जस्तो सुकै तालिकामा कुनै पनि संख्या राखेर देखाउन सक्दैन । त्यो अमुल्य साथ र विश्वासले दिएको जिम्मेवारी पुरा गराउँन हामी हरसमय खटिरहनेछौँ ।,’ उनले भनेका छन् ।

 

सम्बन्धित समाचारहरु

काठमाडौं  महानगरको आर्थिक विधेयक सर्वसम्मतले पारित,  हुन्न भन्ने र तटस्थ बस्छु भन्ने आवाज सुनिएन

काठमाडौं । आर्थिक बर्ष २०७९/०८० का लागि काठमाडौँ महानगरपालिकाको आर्थिक विधेयक पारित भएको छ । आज राष्ट्रिय सभा गृहमा महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको नगर सभा ११औँ अधिवेशनको चौथो बैठकले संशोधनसहित विधेयक पारित गरेको हो । त्यस अवसरमा सभाका उपाध्यक्ष एवम महानगरकी उपप्रमुख सुनिता डंगोल, सभाका सचिव एवं महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालसहित नगरसभा सदस्यहरु सहभागी थिए ।

अमेरिकी उच्च सैन्य अधिकारीसँग प्रधानसेनापति शर्माको संवाद

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा अमेरिका भ्रमणमा व्यस्त छन्। उनले त्यसक्रममा उच्चस्तरीय भेटघाटलाई जारी राखेका छन् ।  शर्माले अमेरिकी सेना प्रमुखसहितका उच्च सुरक्षा अधिकारीसँग भेटवार्ता गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस