# भर्खरै
Namaste Icon
Ad

पेट्रोलियम पदार्थमा अझै घाटा छ, मूल्य घटाउन सकिदैन् : उद्योग मन्त्री बडू

पेट्रोलियम पदार्थमा अझै घाटा छ,  मूल्य  घटाउन सकिदैन्  : उद्योग मन्त्री बडू

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडूले पेट्रोलियम पदार्थमा लगाइएको कर १० रुपैयाँ घटाइएको बताएका छन् । सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग समिति बैठकमा उनले योभन्दा बढी मूल्य घटाउन नसक्ने उनले स्पष्ट पारे ।

उनले पेट्रोलियम पदार्थ खरिदभन्दा बिक्री मूल्य कम हुँदा अझै पनि घाटा नै रहेको बताए । जनतालाई थप मारमा नपार्न ग्यासमा मूल्यवृद्धि गर्न नदिएको उनले बताए ।

उद्योगलाई सहज सञ्चालनका लागि सरकारले आवश्यक सहजिकरण गर्ने बताए । उनले बन्द भएका उद्योग सञ्चालनका लागि निजी क्षेत्रको सहयोग लिइने बताए । त्यस्तै मन्त्री बडूले पेट्रोलियम पदार्थको मूल्यवृद्धि बाध्यात्मक अवस्था भएको जिकिर गरे ।

सम्बन्धित समाचारहरु

नबिल बैंकमा ज्ञानेन्द्रले सम्हाले सीईओकाे कार्यभार

काठमाडौं । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्ञानेन्द्र प्रसाद ढुङ्गाना नियुक्त भएका छन् । बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले ढुङ्गानालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

एनआईसी एशियाको सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना

एनआईसी एशियाको सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना

काठमाडौं । एन आई सी एशिया बैंकले आषाढ १२ देखि निक्षेप रकमको १० गुणा रकम फिर्ता हुने सर्वाधिक उच्च ब्याजदर सहितको नवीनतम ‘एन आई सी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ सार्वजनिक गरेको छ । यस आकर्षक योजना व्यक्तिगत, संस्थागत एवं रेमिन्टास ग्राहक लक्षित गरि ल्याइएको बैकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस