# भर्खरै
Namaste Icon
Ad

कठिन संघर्षबाट उदाएका व्यवसायी भट्ट

कठिन संघर्षबाट उदाएका व्यवसायी भट्ट
आर्यन भट्ट, सञ्चालक राजधानी ट्रेड सप्लायर्स धनगढी कैलाली

कुनै समय अरुको पसलमा मार्केटिङ तथा एकाउन्टको काम गर्ने धनगढीका आर्यन भट्ट अहिले धनगढीका सफल हार्डवेयर तथा नेपाली ढोका व्यवसायी बनेका छन् । कुनै समय काठमाडौंमा पढ्दै गर्दा उनले घरखर्च र आफ्नो पढाइ खर्च ठार्न कै लागि तीन सिफ्ट (विहान, वेलुका र दिउसो) गरि काम गर्थे । तीन सिफ्ट काम गरेर पनि काठमाडौंमा सम्भावना र भविष्य नदेखेपछि उनी धनगढी नै फर्किए । धनगढी फर्किएरपछि उनको टर्निङ प्वाइन्ट बन्यो डां मोहन साउदसँगको भेट । डां मोहन साउदसँगको भेटपछि आर्यन भट्टको जीवनले अर्कै मोडलियो । खासमा कुरो मेकिलसँग सम्बन्धीत थिएन । कुरो त नेपालमै उत्पादन हुँदै आएको टिम्बर क्राफ्टका स्किन ढोकासँग सम्बन्धित थियो । डां साउदले टिम्बर क्राफ्टसँग गराईदिएको कनेक्सनले नै आर्यन आर्यन भट्ट अहिले टिम्बर क्राफ्टको आधिकारिक डिलर भएर धनगढीबाट सुदुरपश्चिमभरि ढोका बेचिरहेका छन् । उनले आज भन्दा ४ बर्ष अगाडि कैलालीको धनगढीमा राजधानी ट्रेड सप्लायर्स खोलेर व्यापार थालेका थिए । उनले सो कामको थालनी टिम्बर क्राफ्टले उत्पादन गरेका ५२ स्किन ढोकाबाटै गरेका थिए । प्रस्तुत छ – हाल बर्षमा झण्डै २ हजार ढोका बेच्दै आएका आर्यन भट्टसँग दर्पण दैनिकले गरेको कुराकानीको सम्पादित अंशः


राजधानी ट्रेड सप्लायर्स सुरु गर्नु भन्दा पहिला के गर्नुहुन्थ्यो ?

म यो भन्दा पहिला सर काठमाडौं विक्रि सप्लार्समा २ वर्ष एकाउन्टमा काम गरे । त्यो भन्दा अगाडि धनगढी मै २ वर्ष चौलानी पुस्तक भण्डारमा २ वर्ष काम गरे । पढ्दै काम गर्दै जादा मार्केटिङ गर्न त्यहिंबाट सिके । अरुसाथीहरु घुम्न जान्थे, विदा मनाउथे भने म तीन सिफ्टमा काम गर्थे, किनकी मेरो घरायसी अवस्था आर्थिक हिसाबले सम्पन्न थिएन । आमा–बुवाको इच्छा त्यति ठुलो खास नभएपनि आर्थिक अवस्था कमजोर भएको कारण पढेर राम्रो नोकरी गरिदिए हुन्थ्यो भन्ने थियो । काम गर्दा गर्दै धनगढीबाट काठमाडौं पुगे पनि म अर्काको काम (जागिर खाएर) गरेर जीवन धान्नु पर्ने अवस्थामा म खुसि थिइन । घरपरिवारले बैंकक वित्तिय संस्था एवंम सरकारी क्षेत्रममा काम गरोस भन्ने भएपनि पुरा गर्न सकेको छैन, तर परिवारलाई खुसि भने दिएको छु जस्तो लाग्छ । अहिले मेरो घरपरिवार निकै खुसि हुनुहुन्छ । म सँगै पढेका साथीहरु, छिमेकीहरु विदेश तीर हुदाँ म चाँहि विदेशमा कमाउने जति यहिं बसेर कमाइरहेको छु । साँझ–विहान छोरो घरमै आएर आफ्नो काम गएको देख्दा मेरा आमा–बुवा खुसि हुनुहुन्छ । उहाँहरुको खसि नै मेरौ संसारको ठुलो खुसि भएकोले उर्जा प्राप्त भइरहेको छ ।


टिम्बर क्राफ्टसँग सहकार्य कसरि भयो ?


म काठमाडौंबाट धनगढी फर्केर आएको थिँए । टिम्बर क्राफ्टका प्रबन्ध निर्देशक ज्यु योगेन्द्रजंग बस्नेतको बहिनी ज्वाँइ मोहन साउदसँग मेरो भेट भएको थियो । त्यहिं भेट पछि योगेन्द्र सर सँग भेट भयो र ढोकाको लागि कुरा भएपछि २ प्रतिशत व्याजदरमा स्थानीयबाटै डेढलाख ऋण निकालेर पहिलो पटक ५२ वटा ढोका ल्याए । आज भन्दा ४ वर्ष अगाडि धनगढीमा राजधानी ट्रेड सप्लायर्स धनगढी खोलेर हार्डवेयर तथा ढोकाको व्यापार थालेको थिए ।

हाल मेरोमा ढोकाको मात्रै डेढ करोडको कारोबार हुन्छ । मेरो आल्मुनियम उद्योग पनि छ मेरो भाइले चलाउछ । ढोकाको क्षेत्रमा भन्ने हो भने टिम्बर क्राफ्टको आधिकारीक डिलर भएर नेपाली स्किन ढोका बेचिरहेको छु, भने भारतीय कम्पनीको प्लाइको ढोका पनि बेच्ने गरेको छु ।


सुदुरपश्चिमा ग्राहकहरुको प्रतिक्रिया के कस्तो छ ?

सुदुरपश्चिम प्रदेश भरिमै टिम्बर क्राफ्टका मेरो पहिलो डिलर हो । मैले लगभग ९ वटै जिल्लामा ढोका पुर्याउन सफल भएको छु । धनगढीबाट सुदुरका सबै जिल्लामा ढोका पठाउने गरेको छु । विशेष गरि हाइप्रोफाइ मानिसहरु भने टिम्बरको स्किन डोर मात्र प्रयोग गर्नुहुन्छ । ग्राहक त सबै वर्गका छन् । मेरा जति पनि ग्राहक हुनुहुन्छ सबैजना खुसि हुनुुहुन्छ । यो चार बर्षको समयमा एउटा ढोका पनि रिप्लेसमेन्टको लागि कम्पनीमा पठाएको छैन् । यसकारण पनि ग्राहक निकै खुसि हुनुहुन्छ भन्ने बुझ्नु पर्यो ।


टिम्बर क्राफ्टका ढोका ग्राहकको रोजाईमा पर्नुको मुख्य कारण के हो ?

टिम्बर क्राफ्टका ढोकाहरु आफ्नो इच्छा अनुसार कलर (रङ) लगाउन मिल्छ । वाटर प्रुफ छन् । ट्वाइलेट, बाथरुम, बाल्कोनी जुनसुकै ठाँउमा पनि निर्धक्क लगाउन पाइन्छ । किरा धमिरा लाग्दैन् । बांगोटिंगो हुदैन् । १० वर्षे रिप्लेसमेन्ट वारेन्टी लगायतका कारणले टिम्बर क्राफ्टका स्किन ढोकाहरुमा ग्राहको रोजाई बढ्दै गएको छ । औषतजसो मानिसहरु जीवनमा एकपल्टमात्र घर बनाउछन्, उहाँहरुले नै टिम्बरका ढोका बढि प्रयोग गर्नुहुन्छ ।


ढोकाको बजार विस्तार कसरि भइरहेको छ ?

विकास र शहरीकरणको क्रममा रहेको सुदुरपश्चिममा निर्माण सामाग्री सँगै ढोकाको पनि बजार द्रुत गतिमा बढिरहेको छ । टिम्बरका ढोकाहरुबारे हामीले जानकारी गराउछौं । मार्केटिङ आफै गर्छौं । अझ भन्नु पर्दा इन्टरनेट र सोसल मिडियामा हेरेर पनि ग्राहक हामीकहाँ आउनुहुन्छ । बर्षमा मेरोबाट २००० पिस सम्म ढोका बेच्ने गरेको बताउदै भट्टले भन्नु भयो, ‘यहाँको ठुलो बजार भनेको कैलाली को धनगढी बजार नै हो । टिकापुर, महेन्द्रनगर, अत्तरिया लगायतका ठाँउमा पनि जान्छ ।’


ग्राहकको घरसम्म ढोका कसरी ढुवानी हुन्छ ?

सकेसम्म ग्राहकलाई दुख मर्का नपर्ने गरि हामीले ढोका पठाउने गरेका छौं । सुदुरपश्चिमका पहाडी जिल्लाहरुमा भने बस तथा ट्रक मार्फत पठाउने गरेका छौं ।


टिम्बर क्राफ्टका ढोकाहरु देशव्यापी पुर्याउन के गर्नुपर्ला ?

सबैभन्दा पहिला त उत्पादन बढाउनु पर्यो । समयमै ढोका पाउनु पर्यो ।


टिम्बर क्राफ्टका ढोकामात्र किन बेच्नु भयो ?

अहिले अरु रेडिमेड ढोकाहरु जस्तै प्लाईको ढोकाहरु जसले पनि बेच्ने, जहाँ पनि पाउने तर विश्वासिलो नभएको कारण ग्राहकले दुख पनि पाउन थाले । स्किन ढोका नेपाली उत्पादन भएकोले पनि मैले झन झन व्यापार विस्तार गर्दै गएको छु । नेपालमै उत्पादित अन्तरराष्ट्रिय स्तरको ढोका बेच्न पाउनु भाग्यमानी पनि ठान्छु । किनकी मैले ढोका बेचेका ग्राहक कसैले पनि ढोका नराम्रो रहेछ भनेर समेत भन्नु भएको छैन । बेच्न पनि सजिलो छ । त्यसकारण मैले टिम्बर क्राफ्टका ढोका बेच्न बल गरेको हुँ ।

सम्बन्धित समाचारहरु

नेपाली ढोकामा भविष्य खोज्दै बरिष्ठ फोटोग्राफर

नेपाली ढोकामा भविष्य खोज्दै बरिष्ठ फोटोग्राफर

विगत केहि समय यता नेपाली उत्पादनलाई प्रोमोट गर्नुपर्छ भनेर लागिपरेका योगेन्द्रजङ्ग बस्नेत एक सफल व्यापारी मात्र होईनन् उनी कुशल फोटोग्राफर पनि हुन् । फोटोग्राफी गर्ने शिलशिलामा नै उनले विश्वको ९० भन्दा बढि देशको भ्रमण पनि गरिसकेका छन् । हाल उनी नेपालमै टिम्बर क्राफ्ट नामक कम्पनीमा आवद्ध छन् । विशेष गरी टिम्बर क्राफ्टले घर बनाउंदा आवश्यक पर्ने ढोका उत्पादन, विक्रि तथा वितिरण गर्ने गर्दछ । यो नेपाली ढोका उत्पादक कम्पनी हो । प्रस्तुत छ उनै टिम्बर क्राफ्ट प्रालिका प्रबन्ध निर्देशक योगेन्द्रजङ्ग बस्नेतसंग दर्पण दैनिकका केशर विश्वकर्माले गरेको कुराकानीको सारसंक्षेपः

एकीकृत समाजवादी उम्मेदवार जमुना सुनारलाई प्रश्न, ‘तपाईलाई किन मत दिने ?'

अघाँखाचीको खनमा आमा छमकली सुनार र बुवा पिताम्बर सुनारको सुपुत्रीका रुपमा जन्मिएकी जमुना सुनार यतिबेला चुनावी मैदानमा उत्रिएकी छन । अर्घाखाँची जिल्लाबाट नेकपा एकीकृत समाजवादी पार्टीको नेतृत्व गर्दै कलम चुनाव चिन्ह लिएर समानुपातिक तर्फबाट उम्मेदवारी दिएकी जमुना प्रतिनिधि सभा सदस्यका लागि संघर्षरत छिन । लामो समय लोक संगीतको क्षेत्रमा आफुलाई समर्पित गरेकी जमुनाले नेपाली लोक संस्कृतिलाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेलेकी छन् । प्रस्तुत छ उनै जमुना सुनार (सुनम) सँग दर्पण दैनिकका लागि केशर विश्वकर्माले गरेको छोटो कुराकानीको सम्पादित अंश:

प्रतिक्रिया दिनुहोस

Ad
Ad