# भर्खरै
Namaste Icon
Ad

हवाई उडान बन्द गर्ने वायुसेवा सञ्चालक संघको चेतावनी

हवाई उडान बन्द गर्ने वायुसेवा सञ्चालक संघको चेतावनी

काठमाडाैं । वायुसेवा सञ्चालक संघ नेपालले बुधबारबाट लागू हुनेगरी संघसँग आवद्ध हेलिकोप्टर तथा हवाई सेवा कम्पनीहरुले प्रदान गर्दै आएका उडान सेवा बन्द गर्ने चेतावनी दिएका छन् । मंगलवार काठमाडौंमा आायोजित पत्रकार सम्मेलनमा यसबारेमा जानकारी गराइएको हो । वायु सेवा सञ्चालक संघ, नेपालले विमानस्थल सेवा शुल्क नियमावली २०७८ मा यात्रु सेवा शुल्क ल्यान्डिङ, पार्किङ, नेभिगेशन लगायतका सम्पूर्ण शुल्क वृद्धि फिर्ताको माग गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको श्रृजित समस्या र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन प्राधिकरणले पनि संघले गरेका गुनासाप्रति उदासिन भएको भन्दै आपत्कालीन उडान सेवा बन्द गर्ने जनाएको छ ।

यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणले असार ५ गते हवाई जहाज सञ्चालक कम्पनीले तोकिएको आधार (अप्रेटिङ बेस) विमानस्थलमा रात्रि बिसान गरी पहिला उडान सोही विमानस्थलबाट गर्ने र हेलिकोप्टर कम्पनीले पनि तोकिएको आधार विमानस्थलमा विसान गरी पहिलो उडान सोही वमानस्थलबाट गर्ने निर्णयप्रति आपत्ति जनाएको संघका प्रवक्ता योगेन्द्र कँडेलले बताए । उनले यो निर्णय सम्बन्धित हवाई सेवा कम्पनीहरुसँग छलफल नगरी भविष्यमा आउने समस्याप्रति बेवास्ता गरिएको पनि बताए ।

प्रवक्ता कँडेलले प्राधिकरणको यस निर्णयका कारण वायुसेवा कम्पनीबाट प्रदान गरिने सेवामा समस्या र निजी क्षेत्रबाट गरिएको ठूलो लगानी डुब्ने बताए । संघले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेलिकोप्टर सञ्चालनका लागि दीर्घकालिन हेलिप्याड मर्मत, सम्भारका लागि ह्याङ्गर लगायतका भौतिक पूर्वाधारहरूका लागि स्थान उपलब्ध गराउनु पर्ने माग गरेको छ । संघ अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपालको एभिएशन इण्डस्ट्रीले आफ्नो बेनिफिटभन्दा माथिको सेवा दिएपनि सरकार र प्राधिकरणले इतिहासमै पहिलोपटक दमनकारी प्रवृति देखाएको आरोप लगाए । उनले प्राधिकरणले भनेका कुराहरुलाई मान्दा पनि ट्रक, टेम्पो व्यवसायी गरेजस्तो व्यवहार वायुसेवा सञ्चालकसँग गरेको बताए ।

उनले भने, ‘नेपालको एभिएशन इण्डस्ट्रीले आफ्नो बेनिफिटभन्दा पनि माथि उठेर आफ्नो व्यवसायलाई सेवाको हिसावले अघि बढाउन दत्तचित्त भएर लागि परिरहेका छौँ । आज यसलाई नेपालको सिभिल एभिएशन इण्डस्ट्रीको इतिहासमै पहिलोपटक दमनकारी प्रवृति देखापरेको छ । नेपाल सरकार र नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले भनेका कुराहरुलाई हामीले मान्दामान्दै पनि कुनै एउटा ट्रक, टेम्पो व्यवसायीले गरेको जस्तो व्यवहार हामीलाई भयो । यो व्यवसाय त्यस्तो होइन । पोखरा र भैरहवामा रहेको विमानस्थलको घाटालाई पूर्ति गर्न नागरिकमाथि भारी बोकाइएको छ ।’

सम्बन्धित समाचारहरु

नबिल बैंकमा ज्ञानेन्द्रले सम्हाले सीईओकाे कार्यभार

काठमाडौं । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्ञानेन्द्र प्रसाद ढुङ्गाना नियुक्त भएका छन् । बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले ढुङ्गानालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

एनआईसी एशियाको सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना

एनआईसी एशियाको सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना

काठमाडौं । एन आई सी एशिया बैंकले आषाढ १२ देखि निक्षेप रकमको १० गुणा रकम फिर्ता हुने सर्वाधिक उच्च ब्याजदर सहितको नवीनतम ‘एन आई सी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ सार्वजनिक गरेको छ । यस आकर्षक योजना व्यक्तिगत, संस्थागत एवं रेमिन्टास ग्राहक लक्षित गरि ल्याइएको बैकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस