# भर्खरै
Namaste Icon
Ad

रकम नै नभएको बैंक खाताकाे चेक दिने घिमिरे पक्राउ

रकम नै नभएको बैंक खाताकाे चेक दिने घिमिरे पक्राउ

काठमाडौं । रकम नै नभएको बैंक खाताबाट चेक काटेर २ करोड ३२ लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा खोटाङका उपेन्द्र घिमिरे पक्राउ परेका छन् । खोटाङको हलेसी नगरपालिका वडा नं. ६ स्थायी ठेगाना भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ५ कटुन्जे बस्ने ३५ वर्षीय घिमिरेलाई प्रहरी वृत्त जगातीको टोलीले मंगलबार पक्राउ गरेको प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

प्रनाउ पाण्डेका अनुसार उनी १० जना व्यक्तिहरुलाई आफ्नो रकम नभएको बैंक खाताको चेक काटेर २ करोड ३२ लाख ४० हजार रुपैयाँ बराबरको बैंकिङ कसुर गरी फरार भएका थिए ।

सम्बन्धित समाचारहरु

काठमाडौं  महानगरको आर्थिक विधेयक सर्वसम्मतले पारित,  हुन्न भन्ने र तटस्थ बस्छु भन्ने आवाज सुनिएन

काठमाडौं । आर्थिक बर्ष २०७९/०८० का लागि काठमाडौँ महानगरपालिकाको आर्थिक विधेयक पारित भएको छ । आज राष्ट्रिय सभा गृहमा महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको नगर सभा ११औँ अधिवेशनको चौथो बैठकले संशोधनसहित विधेयक पारित गरेको हो । त्यस अवसरमा सभाका उपाध्यक्ष एवम महानगरकी उपप्रमुख सुनिता डंगोल, सभाका सचिव एवं महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालसहित नगरसभा सदस्यहरु सहभागी थिए ।

अमेरिकी उच्च सैन्य अधिकारीसँग प्रधानसेनापति शर्माको संवाद

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा अमेरिका भ्रमणमा व्यस्त छन्। उनले त्यसक्रममा उच्चस्तरीय भेटघाटलाई जारी राखेका छन् ।  शर्माले अमेरिकी सेना प्रमुखसहितका उच्च सुरक्षा अधिकारीसँग भेटवार्ता गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस