# भर्खरै
Namaste Icon
Ad

इम्बोस्ड नम्बर प्लेट राख्दिनँ, बरू म एक वर्ष जेल जान तयार छु : भीम रावल

इम्बोस्ड नम्बर प्लेट राख्दिनँ, बरू म एक वर्ष जेल जान तयार छु  : भीम रावल

काठमाडौं । नेकपा एमालेका सांसद तथा पूर्वगृहमन्त्री भीम रावलले आफूले इम्बोस्ड नम्बर प्लेट नराख्ने बताएका छन् । बुधबार संसद्को राज्य निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको छलफलमा रावलले इम्बोस्ड नम्बर प्लेट नराख्ने बताएका हुन् ।

संविधानविपरीत इम्बोस्ड नम्बर प्लेट अंग्रेजीमा राख्न ठूलो चलखेल भएको समेत रावलले बताए । छलफलमा रावलले भने, 'म इम्बोस्ड नम्बर हाल्दै हाल्दिनँ । बरु सरकारले एक वर्ष जेल हाल्ने भनेको छ हालोस् । म एक वर्ष जेल जान तयार छु ।'

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी दर्ता नवीकरण गर्नेले, नयाँ दर्ता गर्ने र सरकारी सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गरेको छ । बुधबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादव नै उपस्थित नभएपछि बैठक भने बस्न सकेन । समितिले मन्त्रीलाई उपस्थित गराएर मात्र छलफल गर्ने पनि बताएको छ ।

सम्बन्धित समाचारहरु

शेखर पक्षले निकाल्याे यस्ताे निस्कर्ष

शेखर पक्षले निकाल्याे यस्ताे निस्कर्ष

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालापक्षीय नेताहरूको भेलाले सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको नभई गठबन्धनको अजेण्डामा हिडेको निस्कर्ष निकालेको छ । बिहीबारदेखि सुरु भएको कोइराला पक्षीय भेलाले देउवा पार्टीको विधानविपरीत अघि बढेको भन्दै आफूहरुले सशक्त हस्तक्षेप गर्नुपर्ने ठहर गरेको छ । काठमाडौंको अनुपम फुडल्याण्डमा बसेको दुई दिनको भेलामा समसामयिक विषय, स्थानीय तह निर्वाचन, आउँदै गरेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा लिने रणनीतिका बारेमा छलफल भएको थियो ।

यस्ताे छ, रवि लामिछानेकाे राष्ट्रिय स्वतन्त्र पार्टीकाे केन्द्रीय समिति

लामो समय पत्रकारिता क्षेत्रमा रहेका रविले असार ७ गते एक कार्यक्रमबीच 'राष्ट्रिय स्वतन्त्र पार्टी' को घोषणा गरेका थिए । उक्त पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको प्रावधान अबलम्वन गर्ने घोषणा गरेको छ । निर्वाचनमा 'राइट टु रिकल'को प्रबन्धको माग पनि आफूहरूको प्रमुख एजेन्डा भएको लामिछाने बताउँछन् । पार्टीले कुनै पनि भ्रातृ संगठन नबनाउने र व्यापारीहरुबाट चन्दा नउठाउने घोषणा लामिछानेले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस