# भर्खरै
Namaste Icon
Ad

माधव नेपालको निर्वाचन क्षेत्रमा सुवेदीकाे ‘स्वतन्त्र’ उम्मेदवारी

माधव नेपालको निर्वाचन क्षेत्रमा सुवेदीकाे ‘स्वतन्त्र’ उम्मेदवारी

काठमाडाैं । आगामी मंसिरमा हुने प्रतिनिधि सभा सदस्यको लागि इन्स्युरेन्स अभियान्ता कोषराज सुवेदीले स्वतन्त्र रुपमा उठ्ने घोषणा गरेका छन् । बुधबार गौशालामा एक कार्यक्रम गरेर काठमाण्डौँ निर्वाचन क्षेत्र नम्बर २ मा स्वतन्त्र उठ्ने घोषणा गरेका हुन् ।

लामो समय आफू बिभिन्न ब्यापार तथा वित्तिय क्षेत्रमा आवद्ध भएको हुँदा मुलुक परिवर्तनका एजेण्डा प्रशस्तै भएको उनले सुनाए । प्रतिनिधि सभामा इन्स्युरेन्स अभियानकर्मीका समस्या पनि लैजानु पर्ने भएकाले यो कदम चालिएको उनले बताए । शीर्ष पार्टीका नेतामा मुलुक विकासको सोँच हराइसकेको बताउँदै एक सबल सोँचले मात्र सवृद्धि हासिल हुने उनले बताए । यो क्षेत्र नेकपा एकिकृत समाजबादीका अध्यक्ष माधव कुमार नेपालको निर्वाचन क्षेत्र हो ।

 

सम्बन्धित समाचारहरु

शेखर पक्षले निकाल्याे यस्ताे निस्कर्ष

शेखर पक्षले निकाल्याे यस्ताे निस्कर्ष

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालापक्षीय नेताहरूको भेलाले सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको नभई गठबन्धनको अजेण्डामा हिडेको निस्कर्ष निकालेको छ । बिहीबारदेखि सुरु भएको कोइराला पक्षीय भेलाले देउवा पार्टीको विधानविपरीत अघि बढेको भन्दै आफूहरुले सशक्त हस्तक्षेप गर्नुपर्ने ठहर गरेको छ । काठमाडौंको अनुपम फुडल्याण्डमा बसेको दुई दिनको भेलामा समसामयिक विषय, स्थानीय तह निर्वाचन, आउँदै गरेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा लिने रणनीतिका बारेमा छलफल भएको थियो ।

यस्ताे छ, रवि लामिछानेकाे राष्ट्रिय स्वतन्त्र पार्टीकाे केन्द्रीय समिति

लामो समय पत्रकारिता क्षेत्रमा रहेका रविले असार ७ गते एक कार्यक्रमबीच 'राष्ट्रिय स्वतन्त्र पार्टी' को घोषणा गरेका थिए । उक्त पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको प्रावधान अबलम्वन गर्ने घोषणा गरेको छ । निर्वाचनमा 'राइट टु रिकल'को प्रबन्धको माग पनि आफूहरूको प्रमुख एजेन्डा भएको लामिछाने बताउँछन् । पार्टीले कुनै पनि भ्रातृ संगठन नबनाउने र व्यापारीहरुबाट चन्दा नउठाउने घोषणा लामिछानेले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस