# भर्खरै
Namaste Icon
Ad

काठमाडौंका मेयर साह पुगे राष्ट्रिय लोक बाजा संग्रहालय

काठमाडौंका मेयर साह पुगे राष्ट्रिय लोक बाजा संग्रहालय

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले त्रिपुरेश्वरमा रहेको राष्ट्रिय लोक बाजा संग्रहालयको अबलोकन गरेका छन् । मेयर शाहले बुधबार त्रिपुरेश्वर महादेव मन्दिर परिसरमा रहेको संग्रहालयको अवलोकन गरेका हुन् । शाहले संग्रहालयमा संग्रहित लोकबाजाहरु अवलोकन गर्दै तीनको ऐतिहासिक, सांस्कृतिक तथा मौलिक लोक संस्कृतिबारे जानकारी लिएकाे संग्रहालयका संस्थापक तथा अध्यक्ष रामप्रसाद कँडेलले बताए ।

कँडेलले शाहलाई वैदिक परापूर्वकालदेखिको सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेका लोकबाजाहरु देखाउँदै तिनको संकलन, संरक्षण र संवर्द्धनमा राज्यले बेवास्ता गरेको गुनासो गरे । २०७२ सालको भूकम्पछि पुनर्निर्माण गरी महादेव मन्दिर परिसरलाई गुठी संस्थानले काठमाडौं विश्वविद्यालयलाई संगीत विद्यालय सञ्चालनका लागि दिइने निर्णय गरेको थियो । गुठी संस्थानले गरेको निर्णयका कारण संकटमा परेको संग्रहालयबारे समेत कँडेलले शाहसँग कुराकानी गर्दै स्थानीय सरकारले संग्रहालयको संरक्षणका लागि आग्रह गरे ।

संग्रहालयमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म प्रयोग गरिने जातीय, धार्मिक, ऐतिहासिक महत्वका विभिन्न लोक बाजाहरु संरक्षण गरिएर राखिएका छन् । संग्रहालयमा सिलसिलाबद्धरुपमा भूगोलका आधारमा बाजाहरुलाई राखिएको संग्रहालयका निर्देशक रामप्रसाद कडेलले जानकारी दिए । लोकबाजाहरुको संरक्षणका निमित्त देशमा स्थापित यो एक मात्र संग्रहालय हो ।

सम्बन्धित समाचारहरु

चलचित्रकर्मीले पाए विशिष्ट श्रेणीको परिचयपत्र (सूचीसहित)

काठमाडौं । थप २२ चलचित्रकर्मीले विशिष्ट श्रेणीको परिचयपत्र पाएका छन् । चलचित्र विकास बोर्डले ६२ जना चलचित्रकर्मीलाई विशिष्ट श्रेणीको परिचयपत्र प्रदान गरेको हो । यसअघि ४० जना चलचित्रकर्मीलाई विशिष्ट श्रेणीको परिचयपत्र प्रदान गरिएको थियो । जसमध्ये चारजनाको निधन भइसकेको छ ।

‘प्रसाद २’ को घोषणा, बिपिन र नम्रता दोहोरिने

‘प्रसाद २’ को घोषणा, बिपिन र नम्रता  दोहोरिने

काठमाडौं । सामाजिक कथावस्तुमा बनेर सफलता प्राप्त गरेको चलचित्र ‘प्रसाद’को सिक्वेल ‘प्रसाद २’ बन्ने घोषणा भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर फिल्म निर्माणको घोषणा गरिएको हो । ‘प्रसाद’जस्तै ‘प्रसाद २’ पनि सामाजिक र प्रेम कथा विधामा आधारित रहने फिल्मको निर्माण पक्षले बताएका छन् । फिल्म पूर्ण रुपमा अघिल्लो फिल्मको समाप्तीबाट सुरु हुने र विशुद्ध सिक्वेलको रुपमा रहने लेखक सुशील पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस