# भर्खरै
Namaste Icon
Ad

कलाम मुस्लिम समाजका अध्यक्ष कलामद्वारा उपचाररत लामालाई आर्थिक सहयोग

कलाम मुस्लिम समाजका अध्यक्ष कलामद्वारा उपचाररत लामालाई आर्थिक सहयोग

काठमाडौं । नेकपा एमालेका युवा नेता हिलारी हिक्मत बोहराको नेतृत्वमा दिर्घायु अस्पतालमा उपचाररत श्यामकाजी लामालाई आर्थिक सहयोग गरेको छ । बोहराको नेतृत्वमा कलाम मुस्लिम एकता समाजका अध्यक्ष समेत रहेका समाजसेवी नेकपा एमालेका युवा नेता अहमत कलामले व्यक्तिगत रुपमा पन्ध्र हजार रुपैया (१५०००) आर्थिक सहयोग गरेका हुन् । साथै उक्त पहलमा चन्द्र लामा र विष्णु सिंहले समेत जोडिएका छन् ।

नसा च्यापिएको रोगका कारण सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका वडा न २ घर भएका २८ वर्षीय लामामा दिर्घायु अस्पतालमा उपचारत छन् । आर्थिक अभावको कारण लामाको उपचारमा गर्न कठिनाई भइरहेका बेला सहयोगी मनहरुले उनलाई आर्थिक सहयोग गर्दै आइरहेका छन् ।

सम्बन्धित समाचारहरु

उपत्यकामा फैलियो हैजा, कुन कुन स्थानमा भेटियाे ?

उपत्यकामा फैलियो हैजा, कुन कुन स्थानमा भेटियाे ?

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा हैजाका बिरामी देखिएका छन् । योसँगै हैजाका बिरामीको संख्या १२ पुगेको छ । नैकाप र पाटनमा थप एक/एक जना हैजाका बिरामी भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाअनुसार यसअघि बागबजार, डिल्लीबजार, कपन, सानेपा, बालाजु, बल्खु र थानकोटमा हैजा पुष्टि भएको थियो । जनस्वास्थ्यविद्ले संक्रमणको स्रोत पत्ता नलाग्नु वा धेरै स्थानमा हैजाका बिरामी देखापर्नु हैजा महामारीकै रूपमा फैलनसक्ने पूर्वसंकेत भएको चेतावनी दिएका छन् ।

नेपाल भौतिक विज्ञान समाज लुम्बिनीमा अनन्त पन्थीको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन

वुटवल । नेपाल भौतिक विज्ञान समाज लुम्बिनी प्रदेशको दोस्रो अधिवेशन तथा साधारण सभा सम्पन्न भएको छ । अधिवेशनले भौतिक शास्त्री प्रा.डा. अनन्त पन्थीको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको छ । जसको उपाध्यक्षमा मा डा.वेदराज केसी,सचिवमा लक्ष्मीनाथ भट्टराई, सह-सचिवमा चुडामणी रजौरे, कोषाध्यक्षमा शालिकराम भण्डारी र सदस्यहरू मा क्रमशः सन्तोष कुमार केसी, अनिष चौधरी, धर्मबन्धु पौडेल,नरेश आचार्य, शान्ता शर्मा र शिशिर अधिकारी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस