# भर्खरै
Namaste Icon
Ad

एन्फाको महासचिवमा राई र कोषाध्यक्षमा जोशी मनोनित

एन्फाको महासचिवमा राई र कोषाध्यक्षमा जोशी मनोनित

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को महासचिवमा किरण राई र कोषाध्यक्षमा रवीन्द्र जोशी मनोनित भएका छन् । अध्यक्ष पंकज नेम्वाङ नेतृत्वको कार्यसमितिको बुधबार बसेको पहिलो बैठकले राईलाई महासचिव र जोशीलाई कोषाध्यक्षमा मनोनित गरेको हो । मंगलबार एन्फाको नयाँ अध्यक्षमा पंकज नेम्वाङ निर्वाचित भएका थिए ।

 

सम्बन्धित समाचारहरु

कीर्तिपुर यु–२३ बास्केटबल प्रतियोगिताको सेमिफाइनलमा

काठमाडौं । लगातार तेस्रो जित निकाल्दै कीर्तिपुर यु–२३ पुरुष बास्केटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत केन्द्रीय बास्केटबल विभागद्वारा आयोजित प्रतियोगितामा शुक्रवार कीर्तिपुरले बलर्स एकेडेमीलाई ७५–४९ ले पराजित गर्‍यो । कीर्तिपुरका इनाप महर्जनले १२ अंक जोडे ।

पोखरा स्पोर्टस अवार्ड असार १८ गते

पोखरा स्पोर्टस अवार्ड असार १८ गते

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले बर्सेनी दिँदै आएको ‘पोखरा स्पोर्टस् अवार्ड’को ४ विधातर्फको मनोनयन सार्वजनिक गरेको छ । मञ्चले शनिबार पोखरामा पत्रकार सम्मेलनमार्फत वर्ष खेलाडी (महिला, पुरुष), वर्ष उदीयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकको मनोनयन सार्वजनिक गरेको हो । असार १८ गते पोखरा सभागृहमा हुने छैटौं पोखरा स्पोर्टस अर्वाडको वर्ष खेलाडी पुरुषतर्फ ब्याडमिन्टनबाट विधान अधिकारी, करातेबाट बुद्ध लामा र टेनिसबाट प्रदीप खड्का छनोट भएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस