# भर्खरै
Namaste Icon
Ad

माओवादी (केन्द्र) भुमिकास्थान १ का पुराना नेता नेपालीको निधन

माओवादी (केन्द्र) भुमिकास्थान १ का पुराना नेता नेपालीको निधन

माधव खनाल, अर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टी माओवादी (केन्द्र) भुमिकास्थान नगरपालिका १ का सक्रिय सदस्य झबबहादुर नेपालीको निधन भयको छ । ७७ वर्षको उमेरमा आज निधन भएका स्वर्गीय नेपालीको स्थानीय घाटमा अन्त्येष्टि गरिएको छ । अन्त्येष्टि कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र भुमिकास्थान नगरसमिती अध्यक्ष नरेन्द्रमान मुखियाले स्वर्गीय नेपालीको पार्थिक शरीरमा पार्टीको झन्डा ओढाइ अन्तिम श्रद्धाञ्जली दिए ।

अन्त्येष्टि कार्यक्रममा भुमिकास्थान नगरपालिका वडा न १ का अध्यक्ष गोपाल खनाल, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका वडा कमिटी अध्यक्ष ठाकुर भुसाल, राष्ट्रिय जनमोर्चाका रोमबहादुर राउत, नेकपा एमालेका कमल चुदाली, पूर्व वाइसीएल ढाकावाङ्गका अध्यक्ष असोक खनाल लगायत स्थानीय हरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचारहरु

उपेन्द्र प्रवृत्ति मैले ३ वर्ष अगाडि नै चिनेर पार्टी छाडेको थिएँ : रामप्रसाद रिजाल

झापा । नेकपा एमालेका युवा नेता रामप्रसाद रिजालले उपेन्द्र यादवलाई आफूले चिनेर ३ बर्ष अघि नै पार्टी छाडेको बताएका छन् । दर्पण दैनिकसँग कराकानी गर्दै नेता रिजालले उपेन्द्रको तानशाही प्रवृत्तिले गर्दा पार्टी छाडेको बताएका हुन् । उनले भने, 'उपेन्द्रको अंहकारी प्रवृत्ति मैले ३ वर्ष अगाडि नै चिनिसकेको थिएँ, तर बाबुरामहरुले भर्खर बुझ्नु भयो ।'

कपिलवस्तुमा टिप्परको ठक्करबाट अस्मिताको ज्यान गयो

अर्घाखाँची । जिल्लाको भुमिकास्थान नगरपालिका धारापानीको सिख्र जन्म घर भई हाल कपिलवस्तुमा बसोबास गर्दै आईरहेकी १९ बर्षिया किशोरीको सवारी दुर्घटनामा परि मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने कपिलवस्तुको सडकमा बिपरित दिशाबाट आईरहेको टिप्परले अस्मिता खनाल सवार मोटरसाइकललाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस