# भर्खरै
Namaste Icon
Ad

यी हुन् विश्वकै सुन्दर अनुहार भएकी महिला

यी हुन् विश्वकै सुन्दर अनुहार भएकी महिला

काठमाडौं । हलिउड अभिनेत्री एम्बर हर्ड अहिले पूर्वपति जोनी डिपसँगको चिसो सम्बन्धले चर्चित छन् । हुनसक्छ, उनको व्यक्तित्वलाई लिएर विश्व विभाजित होला, तर विज्ञानका अनुसार उनी संसारकै सुन्दर अनुहार भएकी महिला समेत हुन् ।

पूर्वपति डिपसँग घरेलु हिंसाबारेको मुद्दामा हारेपछि एम्बर गत महिना विश्व मिडियाको हेडलाइन बनिन् । तर यसपटक अलग विषयले उनलाई चर्चामा ल्याएको छ । एउटा विशेष म्यापिङ फर्मुलाले अभिनेत्री हर्डको अनुहारलाई ‘पर्फेक्ट’ भएको बताएको छ । उनको अनुहारको विशेषताबारे अध्ययन गर्न विशेष प्रविधिको प्रयोग गरियो, जहाँ उनको अनुहार ‘पर्फेक्ट’ रहेको निष्कर्ष निस्कियो ।

उनको आँखा, ओठ र अनुहारको आकारबारे अध्ययन गरेपछि यस्तो निष्कर्ष निकालिएको हो । ब्युटी फाइ भनिने ग्रीकको गोल्डेन रेसियो सिद्धान्तअनुसार यस्तो अध्ययन गरिएको हो, जसअनुसार हर्डको रेसियो १.६१८ निस्कियो ।

सम्बन्धित समाचारहरु

चलचित्रकर्मीले पाए विशिष्ट श्रेणीको परिचयपत्र (सूचीसहित)

काठमाडौं । थप २२ चलचित्रकर्मीले विशिष्ट श्रेणीको परिचयपत्र पाएका छन् । चलचित्र विकास बोर्डले ६२ जना चलचित्रकर्मीलाई विशिष्ट श्रेणीको परिचयपत्र प्रदान गरेको हो । यसअघि ४० जना चलचित्रकर्मीलाई विशिष्ट श्रेणीको परिचयपत्र प्रदान गरिएको थियो । जसमध्ये चारजनाको निधन भइसकेको छ ।

‘प्रसाद २’ को घोषणा, बिपिन र नम्रता दोहोरिने

‘प्रसाद २’ को घोषणा, बिपिन र नम्रता  दोहोरिने

काठमाडौं । सामाजिक कथावस्तुमा बनेर सफलता प्राप्त गरेको चलचित्र ‘प्रसाद’को सिक्वेल ‘प्रसाद २’ बन्ने घोषणा भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर फिल्म निर्माणको घोषणा गरिएको हो । ‘प्रसाद’जस्तै ‘प्रसाद २’ पनि सामाजिक र प्रेम कथा विधामा आधारित रहने फिल्मको निर्माण पक्षले बताएका छन् । फिल्म पूर्ण रुपमा अघिल्लो फिल्मको समाप्तीबाट सुरु हुने र विशुद्ध सिक्वेलको रुपमा रहने लेखक सुशील पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस