# भर्खरै
Namaste Icon
Ad

धानको बिउ बोकेर एमाले निकट किसान संगठनले गर्याे प्रदर्शन

धानको बिउ बोकेर एमाले निकट किसान संगठनले गर्याे प्रदर्शन

काठमाडौं । नेकपा एमाले निकट विभिन्न पाँचवटा किसान संघ संस्थाहरुले पछिल्लो पटक रासायनिक मलको अभाव र मूल्यवृद्धिविरुद्ध आन्दोलन गरेका छन् । माइतीघरमा किसान संगठनहरुले धानको बीऊ बोकेर प्रदर्शन गरेका हुन् । हाल भइरहेको रासायनिक मलको अभाव, पेट्रोलियमको मूल्य वृद्धि, बढ्दो महँगी लगायत रासायनिक मलमा भइरहेको कालोबजारीको नियन्त्रण गर्न माग राख्दै संयुक्त किसान आन्दोलन गरेको जनाएका छन् ।

प्रदर्शनमा सहभागीहरूले बढ्दो महङ्गी नियन्त्रण गर, मलमा भैरहको कालोबाजारीको अन्त्य गर, किसानलाई तुरुन्त मल बीऊको व्यवस्था गर लगायतका लेखिएका प्लेकार्ड बोकेका थिए । अखिल नेपाल किसान महासंघसहितका पाँच किसान संगठनहरुले यसअघि नै पत्रकार सम्मेलन गरी आन्दोलन गर्ने घोषणा गरेका थिए ।

सम्बन्धित समाचारहरु

हाँसपालनबाट मनग्य आम्दानी

हाँसपालनबाट मनग्य आम्दानी

चितवन । पछिल्लो समय हाँसका परिकारको पारखी बढ्दै जाँदा हाँसपालनतर्फ यहाँका किसान आकर्षित हुन थालेका छन् । हाँस पाल्न र बिक्रीका लागिसमेत सहज हुन थालेपछि हाँसपालनतर्फ किसान आकर्षित हुन थालेका हुन् । भरतपुर–१९ शारदानगरमा हाँसपालन गर्दै आएका शंकर महतोले हप्तामा पाँच सय वटा हाँसका चल्ला बिक्री गर्दै आएका छन् । महतोले इमानियल हाँस फार्म तथा ह्याचरी दर्ता गरेर करिब दुई हजार हाँस पाल्दै आएका छन् । उनले हाँस बिक्री वितरणका लागि बजार सहज भएकाले यसतर्फ आकर्षित भएको बताए ।

मकै उत्पादनमा आत्मनिर्भर बन्दै म्याग्दी

मकै उत्पादनमा आत्मनिर्भर बन्दै म्याग्दी

गलेश्वर । म्याग्दीको फाँटैभरि यतिबेला मकैबाली झुलिरहेको छ । रासायनिक मल अभाव र फौजी किराको प्रकोप देखिएपछि उत्पादन राम्रो हुँदैन कि भनेर चिन्तित बनेका किसान समयमै पानी परेकाले बारीमा मकैबाली सप्रिदा दंग भएका छन् । पाँच वर्षयता म्याग्दी मकै उत्पादनमा आत्मनिर्भर बन्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ । दैनिक उपभोग गर्नेबाहेक बीउका लागि यहाँ फलेको मकै बाहिरी जिल्लामा समेत बिक्रीवितरण गर्न थालिएको छ । लेकदेखि बेँसीसम्मका अधिकांश जमिनमा मकै खेती हुन्छ । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाको ११ हजार हेक्टर जमिनमा वार्षिक ३७ हजार ८ सय १७ टन मकै उत्पादन हुँदै आएको छ । यो उत्पादन यहाँका लागि राम्रो हो ।

प्रतिक्रिया दिनुहोस