# भर्खरै
Namaste Icon
Ad

चार प्रभावशाली नेताले छाडे विप्लव नेतृत्वको नेकपा

चार प्रभावशाली नेताले छाडे विप्लव नेतृत्वको नेकपा

काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्यसहित चारजनाले पार्टी छाडेका छन् । ओमप्रकाश पुन, शंकर बहादुर खड्का, दलबहादुर धामी र रमेश परियार लगायतले विहीबार एक विज्ञप्ति प्रकाशित गर्दै पार्टीबाट राजीनामा दिएको बताएका हुन् ।

पुन पोलिटब्युरो सदस्य तथा सेती महाकाली इन्चार्ज हुन् । यस्तै खड्का सेती ब्युरो इन्चार्ज छन् । धामी महाकाली इन्चार्ज थिए भने परियार दार्चुला र कञ्चनपुर इन्चार्ज हुन् ।

चारजनाले टुटफुट र विभाजनबाट नभई एकताबद्ध र एकीकृत कम्युनिष्ट पार्टी निर्माणको दिशामा अघि बढ्न आह्वान गरेका छन् । अहिलेसम्म कुन पार्टीमा जाने भन्ने उनीहरुले खुलाएका छैनन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पुराना माओवादी एकै ठाउँ हुने दिन आएको बताएको केही दिनपछि विप्लवबाट केही नेताले राजीनामा दिएको चर्चा छ । त्यसो त गत बैशाखमा नेकपाकै धर्मेन्द्र बाँस्तोलाले विप्लवलगायतका नेतालाई कारबाही गरेर नेकपा (बहुमत) गठन गरेका थिए।

नेकपा महासचिव नेत्रविक्रम चन्द समूह संसदवादमा फस्न लागेको भन्दै बास्तोलाले आफ्नै संयोजकत्वमा २६ वैशाख २०७९ मा नेकपा बहुमत गठन गरेका थिए । कतिपय केन्द्रीय सदस्यहरुलाई एमालेको चुनाव चिन्हबाट चुनाव लडाएर पार्टीलाई संसदीय व्यवस्थामा फसाउने षड्यन्त्र भएपछि त्यसलाई अस्वीकार गर्दै आफूहरुले नयाँ पार्टी गठन गर्नु परेको संयोजक बास्तोलाले बताएका थिए । विप्लव पार्टीबाट प्रभावशाली जिल्ला इन्चार्जहरुले राजीनामा दिएपछि उनीहरु माओवादी केन्द्र प्रवेश गर्ने चर्चा पनि छ।

सम्बन्धित समाचारहरु

शेखर पक्षले निकाल्याे यस्ताे निस्कर्ष

शेखर पक्षले निकाल्याे यस्ताे निस्कर्ष

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालापक्षीय नेताहरूको भेलाले सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको नभई गठबन्धनको अजेण्डामा हिडेको निस्कर्ष निकालेको छ । बिहीबारदेखि सुरु भएको कोइराला पक्षीय भेलाले देउवा पार्टीको विधानविपरीत अघि बढेको भन्दै आफूहरुले सशक्त हस्तक्षेप गर्नुपर्ने ठहर गरेको छ । काठमाडौंको अनुपम फुडल्याण्डमा बसेको दुई दिनको भेलामा समसामयिक विषय, स्थानीय तह निर्वाचन, आउँदै गरेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा लिने रणनीतिका बारेमा छलफल भएको थियो ।

यस्ताे छ, रवि लामिछानेकाे राष्ट्रिय स्वतन्त्र पार्टीकाे केन्द्रीय समिति

लामो समय पत्रकारिता क्षेत्रमा रहेका रविले असार ७ गते एक कार्यक्रमबीच 'राष्ट्रिय स्वतन्त्र पार्टी' को घोषणा गरेका थिए । उक्त पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको प्रावधान अबलम्वन गर्ने घोषणा गरेको छ । निर्वाचनमा 'राइट टु रिकल'को प्रबन्धको माग पनि आफूहरूको प्रमुख एजेन्डा भएको लामिछाने बताउँछन् । पार्टीले कुनै पनि भ्रातृ संगठन नबनाउने र व्यापारीहरुबाट चन्दा नउठाउने घोषणा लामिछानेले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस