# भर्खरै
Namaste Icon
Ad

१७ एसएसपी डीआईजी बढुवामा सिफारिस (सूचीसहित)

१७ एसएसपी डीआईजी बढुवामा सिफारिस (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ १७ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायव महानिरीक्षक (डिआइजी) पदमा बढुवाको लागि सिफारिस गरिएको छ ।

प्रहरीको बुधबार बसेको बढुवा समितिको बैठकले प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार १७ जना एसएसपीलाई डिआइजी पदमा बढुवाको लागि सिफारिस गरिएको बढुवा समितिकी सदस्य–सचिव एवं प्रहरी अतिरिक्त महानिरीक्षक पूजा सिंहले जानकारी दिइन् ।

सिफारिस भएकामध्ये पहिलो नम्बरमा वसन्तबहादुर कुँवर, दोस्रोमा टेकप्रसाद राई, तेस्रोमा अशोक सिंह, चौथोमा दीपक थापा र पाँचौँमा श्यामलाल ज्ञवाली रहेका छन् ।

यस्तै, किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणालाई पनि डिआइजी बढुवाका लागि सिफरिस गरिएको छ ।

सम्बन्धित समाचारहरु

काठमाडौं  महानगरको आर्थिक विधेयक सर्वसम्मतले पारित,  हुन्न भन्ने र तटस्थ बस्छु भन्ने आवाज सुनिएन

काठमाडौं । आर्थिक बर्ष २०७९/०८० का लागि काठमाडौँ महानगरपालिकाको आर्थिक विधेयक पारित भएको छ । आज राष्ट्रिय सभा गृहमा महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको नगर सभा ११औँ अधिवेशनको चौथो बैठकले संशोधनसहित विधेयक पारित गरेको हो । त्यस अवसरमा सभाका उपाध्यक्ष एवम महानगरकी उपप्रमुख सुनिता डंगोल, सभाका सचिव एवं महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालसहित नगरसभा सदस्यहरु सहभागी थिए ।

अमेरिकी उच्च सैन्य अधिकारीसँग प्रधानसेनापति शर्माको संवाद

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा अमेरिका भ्रमणमा व्यस्त छन्। उनले त्यसक्रममा उच्चस्तरीय भेटघाटलाई जारी राखेका छन् ।  शर्माले अमेरिकी सेना प्रमुखसहितका उच्च सुरक्षा अधिकारीसँग भेटवार्ता गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस