# भर्खरै
Namaste Icon
Ad

'आउने ६/८ महिना मिहिनेत गरेर, दुःख गरेर लाग्यौँ भने प्रदेश र संघको चुनावमा देशको दोस्रो पार्टी बन्छाैं'

'आउने ६/८ महिना मिहिनेत गरेर, दुःख गरेर लाग्यौँ भने प्रदेश र संघको चुनावमा देशको दोस्रो पार्टी बन्छाैं'

काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउँदो प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा माओवादी देशको दोस्रो पार्टी बन्ने सम्भावना रहेको बताएका छन् । बिहीबार ललितपुरका जनप्रतिनिधिलाई प्रशिक्षण दिन आयोजित कार्यक्रममा उनले स्थानीयभन्दा अबको निर्वाचनमा गुणात्मक परिणाम ल्याइने उल्लेख गरे । 'आउने ६/८ महिना मिहिनेत गरेर, दुःख गरेर लाग्यौँ भने प्रदेश र संघको चुनावमा देशको दोस्रो, वामपन्थी पहिलो पार्टी बन्ने सम्भावना छ,' उनले भने ।

चाबी माओवादीको हातमा भए पनि ताला खोल्नै अन्यत्रै जानुपर्ने उनको भनाइ छ । आउँदो निर्वाचनपछि नेपाली कांग्रेस र नेकपा (एमाले) आफूहरूसँग मिल्न आउने वातावरण बनाउने समेत उनले बताए । 'प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछि कांग्रेस र एमाले माओवादीसँग मिल्न आउनुपर्ने आधार बनाउनुपर्छ । त्यो सम्भावना देखेका छौँ,' उनले भने ।

प्रचण्डले साउन १५ भित्रै उमेदवार चयन गर्ने योजना रहेको सुनाए । उमेदवार चयन गर्दा जनताले लोकप्रिय मानेका व्यक्तिलाई छान्नुपर्ने उनको भनाइ छ । उनले सत्ता गठबन्धन निर्वाचनसम्मै जाने भन्दै त्यसमै भर पर्ने ‘त्रुटि’ नगर्न निर्देशन समेत दिए । 'गठबन्धन त चुनावसम्मै जान्छ, योपटक गठबन्धनमा चाहिनेभन्दा बढी आस गर्‍यौँ,' उनले भने, 'एक्लै भिड्ने तयारी गरौँ । एक्लै भिड्ने तयारी गरे गठबन्धनमा जान्छौँ । गठबन्धन भएपछि जितिहान्छि भनेर रिल्याक्स गर्ने त्रुटि नगरौँ ।'

 

सम्बन्धित समाचारहरु

शेखर पक्षले निकाल्याे यस्ताे निस्कर्ष

शेखर पक्षले निकाल्याे यस्ताे निस्कर्ष

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालापक्षीय नेताहरूको भेलाले सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको नभई गठबन्धनको अजेण्डामा हिडेको निस्कर्ष निकालेको छ । बिहीबारदेखि सुरु भएको कोइराला पक्षीय भेलाले देउवा पार्टीको विधानविपरीत अघि बढेको भन्दै आफूहरुले सशक्त हस्तक्षेप गर्नुपर्ने ठहर गरेको छ । काठमाडौंको अनुपम फुडल्याण्डमा बसेको दुई दिनको भेलामा समसामयिक विषय, स्थानीय तह निर्वाचन, आउँदै गरेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा लिने रणनीतिका बारेमा छलफल भएको थियो ।

यस्ताे छ, रवि लामिछानेकाे राष्ट्रिय स्वतन्त्र पार्टीकाे केन्द्रीय समिति

लामो समय पत्रकारिता क्षेत्रमा रहेका रविले असार ७ गते एक कार्यक्रमबीच 'राष्ट्रिय स्वतन्त्र पार्टी' को घोषणा गरेका थिए । उक्त पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको प्रावधान अबलम्वन गर्ने घोषणा गरेको छ । निर्वाचनमा 'राइट टु रिकल'को प्रबन्धको माग पनि आफूहरूको प्रमुख एजेन्डा भएको लामिछाने बताउँछन् । पार्टीले कुनै पनि भ्रातृ संगठन नबनाउने र व्यापारीहरुबाट चन्दा नउठाउने घोषणा लामिछानेले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस