# भर्खरै
Namaste Icon
Ad

बूढानीलकण्ठकाे भंगालमा एक महिला मृत फेला, हत्याको आशंका

बूढानीलकण्ठकाे भंगालमा एक महिला मृत फेला, हत्याको आशंका

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–८, भंगालमा एक महिला मृतावस्थामा फेलापरेकी छन् । उनको हत्या गरिएको प्रहरीको आशंका छ । बूढानीलकण्ठ–३ घर भएकी ४० वर्षीय फूलमाया सुनारको शव फेलापरेको र घटनाबारे अनुसन्धान जारी रहेको प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

हिजो मध्याह्न भंगालमा निर्माणाधीन एउटा घरमा फूलमायाको शव फेलापरेको थियो । प्रहरीका अनुसार अनुसन्धानका लागि बागलुङका लक्ष्मीनारायण केसीलाई पक्राउ गरिएको छ । पक्राउ परेका केसी सोही निर्माणाधीन घरको चौकीदार हुन् ।

फूलमायाको शव घरको भुइँतलामा भेटिएको हो । उनले केही समयअघि सोही घर निर्माणसम्बन्धी काम गरेको र बीचमा छाडेर फेरि कामको खोजीमा बुधबार (हिजो) नै त्यहाँ पुगेको बताइको छ । घटनाको अनुसन्धान जारी रहेको र पोस्टमार्टम रिपोर्ट आएपछि थप कुरा खुल्ने महानगरीय प्रहरी वृत्त महाराजगन्जका डीएसपी प्रमेश विष्टले बताए ।

 

सम्बन्धित समाचारहरु

काठमाडौं  महानगरको आर्थिक विधेयक सर्वसम्मतले पारित,  हुन्न भन्ने र तटस्थ बस्छु भन्ने आवाज सुनिएन

काठमाडौं । आर्थिक बर्ष २०७९/०८० का लागि काठमाडौँ महानगरपालिकाको आर्थिक विधेयक पारित भएको छ । आज राष्ट्रिय सभा गृहमा महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको नगर सभा ११औँ अधिवेशनको चौथो बैठकले संशोधनसहित विधेयक पारित गरेको हो । त्यस अवसरमा सभाका उपाध्यक्ष एवम महानगरकी उपप्रमुख सुनिता डंगोल, सभाका सचिव एवं महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालसहित नगरसभा सदस्यहरु सहभागी थिए ।

अमेरिकी उच्च सैन्य अधिकारीसँग प्रधानसेनापति शर्माको संवाद

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा अमेरिका भ्रमणमा व्यस्त छन्। उनले त्यसक्रममा उच्चस्तरीय भेटघाटलाई जारी राखेका छन् ।  शर्माले अमेरिकी सेना प्रमुखसहितका उच्च सुरक्षा अधिकारीसँग भेटवार्ता गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस