# भर्खरै
Namaste Icon
Ad

विराटनगरबाट कटारी जाँदै गरेको बस दुर्घटना, ११ जना घाइते

विराटनगरबाट कटारी जाँदै गरेको बस दुर्घटना, ११ जना घाइते

सप्तरी । सप्तरी जिल्लामा आज भएको बस दुर्घटनामा एकको मृत्यु हुनुका साथै अन्य ११ जना घाइते भएका छन् । हनुमाननगर कङ्कालिनी नगरपालिका–१ पूर्व–पश्चिम लोकमार्गस्थित कोशी ब्यारेज र कङ्कालिनी मन्दिरबीच ना५ख १८९८ नंको यात्रुवाहक बस दुर्घटना हुँदा बसमा सवार करिव ५५ वर्षीय एक व्यक्तिको मृत्यु भएको र उनको सनाखत हुन नसकेको उद्धार कार्यमा खटिएका सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङले जानकारी दिए ।

विराटनगरबाट कटारी जाँदै गरेको बस अनियन्त्रित भई सडकबाट २० मिटर तल खस्दा दुर्घटना भएको थियो । घाइतेमध्ये उदयपुर कटारी–३ का ७० वर्षीय मानबहादुर तामाङ र उनकी श्रीमती ६९ वर्षीया विष्णुकुमारी तामाङको अवस्था जटिल भएकाले विराटनगर पठाइएको, अन्य चार घाइतेको भारदहस्थित जिल्ला अस्पतालमा र पाँच जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । बस चालक फरार भएकाले उनको खोजी भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचारहरु

उपेन्द्र प्रवृत्ति मैले ३ वर्ष अगाडि नै चिनेर पार्टी छाडेको थिएँ : रामप्रसाद रिजाल

झापा । नेकपा एमालेका युवा नेता रामप्रसाद रिजालले उपेन्द्र यादवलाई आफूले चिनेर ३ बर्ष अघि नै पार्टी छाडेको बताएका छन् । दर्पण दैनिकसँग कराकानी गर्दै नेता रिजालले उपेन्द्रको तानशाही प्रवृत्तिले गर्दा पार्टी छाडेको बताएका हुन् । उनले भने, 'उपेन्द्रको अंहकारी प्रवृत्ति मैले ३ वर्ष अगाडि नै चिनिसकेको थिएँ, तर बाबुरामहरुले भर्खर बुझ्नु भयो ।'

कपिलवस्तुमा टिप्परको ठक्करबाट अस्मिताको ज्यान गयो

अर्घाखाँची । जिल्लाको भुमिकास्थान नगरपालिका धारापानीको सिख्र जन्म घर भई हाल कपिलवस्तुमा बसोबास गर्दै आईरहेकी १९ बर्षिया किशोरीको सवारी दुर्घटनामा परि मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने कपिलवस्तुको सडकमा बिपरित दिशाबाट आईरहेको टिप्परले अस्मिता खनाल सवार मोटरसाइकललाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस