# भर्खरै
Namaste Icon
Ad

चीनको राजदूतमा श्रेष्ठ नियुक्त

चीनको राजदूतमा श्रेष्ठ नियुक्त

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले जनवादी गणतन्त्र चीनको आवासीय राजदूतमा आज विष्णुपुकार श्रेष्ठलाई नियुक्त गरे । राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइअनुसार नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिशमा श्रेष्ठलाई नियुक्त गरिएको हो ।

सम्बन्धित समाचारहरु

काठमाडौं  महानगरको आर्थिक विधेयक सर्वसम्मतले पारित,  हुन्न भन्ने र तटस्थ बस्छु भन्ने आवाज सुनिएन

काठमाडौं । आर्थिक बर्ष २०७९/०८० का लागि काठमाडौँ महानगरपालिकाको आर्थिक विधेयक पारित भएको छ । आज राष्ट्रिय सभा गृहमा महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको नगर सभा ११औँ अधिवेशनको चौथो बैठकले संशोधनसहित विधेयक पारित गरेको हो । त्यस अवसरमा सभाका उपाध्यक्ष एवम महानगरकी उपप्रमुख सुनिता डंगोल, सभाका सचिव एवं महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालसहित नगरसभा सदस्यहरु सहभागी थिए ।

अमेरिकी उच्च सैन्य अधिकारीसँग प्रधानसेनापति शर्माको संवाद

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा अमेरिका भ्रमणमा व्यस्त छन्। उनले त्यसक्रममा उच्चस्तरीय भेटघाटलाई जारी राखेका छन् ।  शर्माले अमेरिकी सेना प्रमुखसहितका उच्च सुरक्षा अधिकारीसँग भेटवार्ता गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस